नेभिगेशन
सबै कुरा

डेडिकेटेड ट्रंकलाइनको बिलले प्राधिकरण नाफामा गएको होइनः कुलमान घिसिङ

काठमाडौँ । नेपाल बिद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजमा मात्रै भएको भन्ने आरोपको खण्डन गरेका छन् । शुक्रबार उनले दोस्रो कार्यकाल सम्हालेको ३ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलेनका क्रममा उनले प्राधिकरणको नाफाबारे बताएका हुन् । 


Dish Home
Global Ime Bank

‘आर्थिक वर्ष २०७२/७३ मा अर्ब ८९ करोड नोक्सानीमा रहेको प्रधिकरणले त्यसयता ति दिन फर्केर हेर्नुपरेको छैन ।’ उनले भने, ‘आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउँदै आएको छ ।’

उनका अनुसार गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड पुगेको छ । ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ नाफामा पुगेको छ । 

उनले धेरै ठाउँमा विद्युत प्रधिकरणको नाफा कागजी नाफा भएको भन्दै भ्रम छर्ने कार्य भएको भन्दै त्यस्तो नभएको उल्लेख गरे । ‘डेडिकेटेड ट्रंकलाइनको विद्युतकाे महसुलको बिल गरेर नाफ देखायो भन्ने गरिएको छ । प्रधिकरणले विगत ८ वर्षमा ३५ अर्बको संचित घाटालाई पूर्ति गरेर ४७ अर्ब रुपैयाँ नाफामा पुर्याउँदाखेरी करिब ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड ट्रंकलाइनको बिलले भएको होइन् ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।