नेभिगेशन
सबै कुरा

डेडिकेटेड ट्रंकलाइनको बिलले प्राधिकरण नाफामा गएको होइनः कुलमान घिसिङ

काठमाडौँ । नेपाल बिद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजमा मात्रै भएको भन्ने आरोपको खण्डन गरेका छन् । शुक्रबार उनले दोस्रो कार्यकाल सम्हालेको ३ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलेनका क्रममा उनले प्राधिकरणको नाफाबारे बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘आर्थिक वर्ष २०७२/७३ मा अर्ब ८९ करोड नोक्सानीमा रहेको प्रधिकरणले त्यसयता ति दिन फर्केर हेर्नुपरेको छैन ।’ उनले भने, ‘आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउँदै आएको छ ।’

उनका अनुसार गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड पुगेको छ । ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ नाफामा पुगेको छ । 

उनले धेरै ठाउँमा विद्युत प्रधिकरणको नाफा कागजी नाफा भएको भन्दै भ्रम छर्ने कार्य भएको भन्दै त्यस्तो नभएको उल्लेख गरे । ‘डेडिकेटेड ट्रंकलाइनको विद्युतकाे महसुलको बिल गरेर नाफ देखायो भन्ने गरिएको छ । प्रधिकरणले विगत ८ वर्षमा ३५ अर्बको संचित घाटालाई पूर्ति गरेर ४७ अर्ब रुपैयाँ नाफामा पुर्याउँदाखेरी करिब ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड ट्रंकलाइनको बिलले भएको होइन् ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।