नेभिगेशन
सबै कुरा

एक वर्षमा विद्युत निर्यात गरेर १७ अर्ब ७ करोड आम्दानी, १३ करोड खुद नाफा

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि औपचारिक रुपमा विद्युतको निर्यात सुरु भएको बताएका छन् । शुक्रबार आफ्नो दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवका अवसरमा प्राधिकरणको उपलब्धि सुनाउँदै उनले अघिल्लो आर्थिक वर्ष अर्थात २०८०/८१ मा विद्युत बेचेर करिब १३ करोड नाफा भएको तथ्यांक सार्वजनिक गरेका छन् । 

नेपालले वर्खायाममा विद्युत निर्यात गर्ने र सुख्खायाममा आयात गर्ने गरेको बताउँदै उनले सो तथ्यांक सार्वजनिक गरेका हुन् । ‘मेरो दोस्रो कार्यकाल सुरु भएपछि विद्युतको आौपचारिक निर्यात सुरु भएको हो । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत निर्यात गरि १७ अर्ब ७ करोड रुपैँया आम्दानी भएको छ । वर्खायाममा दैनिक ७ सय मेटावाट भन्दा बढी विद्युत निर्यात भइरहेको छ ।’

Dish Home
Global Ime Bank

त्यस्तै उनले गत आर्थिक वर्षमा सुख्खायाममा नेपालले सोह्र अर्ब ९१ करोड रुपैँया बराबरको विद्युत आयात भएको बताएका छन् । ‘सुख्खायाममा नदीमा पानीको बहाव घट्ने हुँदा विद्युतको माग धान्न गाह्रो छ । तसर्थ गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात सोह्र अर्ब ९३ करोड रुपैँया बराबरको विद्युत आयात भएको छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।