नेभिगेशन
सबै कुरा

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल  बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका   एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना  छ । 

Dish Home
Global Ime Bank

आज राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर सिफारिस छोडेर आफैँ गभर्नर बन्न तम्सिने?’

गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर सिफारिस छोडेर आफैँ गभर्नर बन्न तम्सिने?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूसँगै चुनाव लडेर हारेको मान्छेलाई सरकारले गभर्नर बनाउन लागेको भन्दै विरोध जनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले राजनीतिक दलको पदाधिकारी...
टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।
रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम

रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पार्टी सभापतिमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको बताएकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै सांसद...
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

भर्खरै