नेभिगेशन
सबै कुरा

सल्लेरीमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ ।  अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो । २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ । 

Ncell
Extreme Energy

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिइन्। 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छभने घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ । छ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चारजनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए आफूहरुलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा भर्याङले तारमा छुँदा करेन्ट लागेको उनको भनाइ छ । 

यद्यपि घटनाको विवरण दिन सोलुखुम्बु प्रहरीले आनाकानी गरेको छ । सदरमुकाममा भएको उक्त घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक आफै खटिए पनि घाइते र मृतकको विवरण उपलब्ध गराउन प्रहरीले इन्कार गरेको छ । उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।