नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन् । 

परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नेपाल आएका भारतका विदेशसचिव मिस्रीले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डलका साथै नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

त्यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...