नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नेपाल आएका भारतका विदेशसचिव मिस्रीले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ ।

Ncell
Extreme Energy

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डलका साथै नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

त्यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।