नेभिगेशन
सबै कुरा

भीरबाट लडेर र माछापोखरीमा डुबेर दुईको मृत्यु

खोटाङ  । खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो । 

मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गए राति तथा देविप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। 

Dish Home
Global Ime Bank

माइती गाउँ सोही गाउँपालिका–६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देवीप्रसादको आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ । 

मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।  

देवीप्रसाद भने बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ । 

घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए । “घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उनले भने, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”

सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकमध्ये देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण तथा मेलमिलापको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरेको छ । यस्तै बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा अध्यक्ष लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।
रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने  कानुन !

रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !

रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...