नेभिगेशन
सबै कुरा

भीरबाट लडेर र माछापोखरीमा डुबेर दुईको मृत्यु

खोटाङ  । खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गए राति तथा देविप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए। 

Ncell
Extreme Energy

माइती गाउँ सोही गाउँपालिका–६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देवीप्रसादको आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ । 

मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।  

देवीप्रसाद भने बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ । 

घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए । “घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उनले भने, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”

सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकमध्ये देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।