नेभिगेशन
सबै कुरा

सुनिता डङ्गोल सहभागी कार्यक्रमै किम्ची रेष्टुरेन्टले कीरा सल्बलाएको पानी बाँडेपछि...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले किम्ची फास्टफुड नाम रेष्टुरेन्टलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार उक्त रेष्टुरेन्टले ग्राहकलाई बिक्री गरेको प्रशोधित पिउने पानीको बोतलमा कीरा सलबलाइ रहेको भेटिएको थियो । 

महानगरपालिकाकाअनुसार महानगरको बजार अनुगमन प्रमुखसहेत रहेकी उपप्रमुख सुनिता डङ्गोल प्रमुख अतिथि रहेको कार्यक्रममा रेष्टुरेन्टले अखाद्य पानी वितरण गरेको थियो । सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछी वडा नं ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखेकी थिइन् । उक्त कुरा उनले तत्कालै त्यही रहेकी उपमेयरलाई देखाएकी थिइन् । 

Dish Home
Global Ime Bank

‘कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख डङ्गोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्किइन् ’ महानगरले भनेको छ । महानगरपालिकाको आन्तरिक छलफलको कार्यक्रम नै सो प्रकरण पछि रोकिएको पनि महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास

सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण तथा मेलमिलापको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरेको छ । यस्तै बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा अध्यक्ष लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।
रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने  कानुन !

रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !

रविलाई लाग्ने एमाले कांग्रेसलाई नलाग्ने कानुन !
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...