नेभिगेशन
सबै कुरा

सभापति देउवासँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् । 

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।  भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।

Dish Home
Global Ime Bank

भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आईपुगेका हुन् । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।

सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी भोलि साउन २८ गते काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चिनियाँ नेता सियाओ जी राजधानीमा

चिनियाँ नेता सियाओ जी राजधानीमा

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास

सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सत्य निरुपण तथा मेलमिलापको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरेको छ । यस्तै बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा अध्यक्ष लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।