नेभिगेशन
सबै कुरा

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।

Dish Home
Global Ime Bank

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप

रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप

बुटवलको सुप्रिम सहकारीकी बचतकर्ताले पुजा न्यौपानेले आफ्नो नाम उजुरीकर्ताको रूपमा कसैलाई थुनाउनका लागि प्रयोग गरिएको भन्दै आपत्ति  जनाएकी छिन् । बुटवल प्रहरीले पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि...
चिनियाँ नेता सियाओ जी राजधानीमा

चिनियाँ नेता सियाओ जी राजधानीमा

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास

सतुंगलको धागो गोदाममा आगलागी, ६ वटा दमकलबाट नियन्त्रणको प्रयास

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।