नेभिगेशन
सबै कुरा

हेटौंडा उपमहानगरले करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गर्याे आन्दोलनको घोषणा

हेटौंडा  । हेटौंडा उपमहानगरपालिकाले स्थानीय तहको करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले मुल्यवृद्धि विरुद्ध पहिलो चरणको विभिन्न कार्यक्रम घोषणा गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपमहानगरले १५ औँ नगर सभाबाट राजस्व दरम हेरफेर गरेको थियो । जहाँ उपमहानगरले आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बढाइएको छ । सोही मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्ने उद्योग वाणिज्य संघले जनाएको हो । 

Ncell
Extreme Energy

संघले नगर सरकार खोज्दै मैनबत्ती जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ । संघको पहिलो चरणको आन्दोलन ५ दिन चल्ने बताएको छ ।

यस्ता छन् ५ दिनका आन्दोलनका कार्यक्रमहरु :

पहिलो दिनको कार्यक्रम :

साउन २८ गते बिहान ८ बजे दलका भातृसंगठन सँग छलफल, सहकारीका प्रतिनिधिसँग छलफल । १२ बजे आम व्यापारी भेला, ३ बजे पत्रकार सम्मेलन

दोश्रो दिनको कार्यक्रम :

साउन २९ गते माइकिङ शुरु । विभिन्न संघ संस्था , प्रदेश सरकार ,राजनैतिक दलका प्रतिनिधीलाई ज्ञापनपत्र बुझाउने । विभिन्न क्षेत्रसँग अन्तक्रिया गर्ने । 

तेश्रो दिनको कार्यक्रम :

साउन ३० गते बुद्धचोक लगायतका स्थानमा हस्ताक्षर संकलन । १ घण्टा हेटौँडा उपमहानगरमा शान्तिपुर्ण धर्ना । विरोध स्वरुप नगरका विभिन्न स्थानमा कालो ब्यानर राख्ने 

चौथो दिनको कार्यक्रम :

साउन ३१ गते हेटौँडा उपमहानगरमा २ घन्टा शान्तिपुर्ण धर्ना, नगर सरकार खोज्दै मैनवत्ती जुलुस गर्ने

पाचौँ दिनको कार्यक्रम 

साउन ३२ गते नगरमा र्यालीसहित आआफूनो व्यापार व्यवसाय बन्द गरि नगरमा चाबी बुझाउने र कोण सभा गरि पहिलो चरणका कार्याक्रम समापन गर्ने 

त्यस्तै उपमहानगरले गरेको विभिन्न करको वृद्धिविरुद्ध अदालतमा सामुहिक मुद्धा दर्ता गराउने संघको तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।