नेभिगेशन
सबै कुरा

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Dish Home
Global Ime Bank

भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन् । 

मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी छिन् । 

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाउनुभएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसङ्ग पनि उठाएको बताइएको छ । 

मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन् । उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै...
राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गर्भनर बनाऔँः अमरेश कुमार सिंह

राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गर्भनर बनाऔँः अमरेश कुमार सिंह

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन् ।
गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूसँगै चुनाव लडेर हारेको मान्छेलाई सरकारले गभर्नर बनाउन लागेको भन्दै विरोध जनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले राजनीतिक दलको पदाधिकारी...
टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

भर्खरै