नेभिगेशन
सबै कुरा

पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभरी १०० बढी बुकिङ्ग

काठमाडौँ । नाडा अटो शो २०२४ मा बिक्रि सुरु गरेको टाटा पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात भएको छ । बिक्रि सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० बढी बुकिङ्ग भएको कम्पनिले जनाएको छ ।  कम्पनीले केही दिनअघि बाट टाटा पन्च इभिको प्रि–बुकिङ्ग सुरु गरिसकेको थियो ।  

टाटा पन्च इभीको शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य नाडा अटो शो चलुन्जेलसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।  

CG

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति का कनुसार टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । ‘विगतमा पनि टाटा मोटर्सले सधँै नेपाली जनताको चाहनाअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ’, सिजापतिले भने । उनका अनुसार गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो । पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा उनीहरुको विश्वास छ । 

यसको साथै टाटा इभि नाडा अटोशो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइल्याण्ड यात्रा पाउनुका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग...
अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ...
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...