नेभिगेशन
सबै कुरा

यस्ता छन् गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौँ । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमका लागि युरोपियन युनियन र युनिसेफबाट २५ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

भाद्र १३ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेश्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

Global Ime Bank

बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित सांसद विन्दबासिनी कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलव्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ  ।

त्यस्तै बैठकले तराई मधेश फास्ट ट्रयाक सडक आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुअब्जामा लाग्ने पुँजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 

त्यस्तै संखुवासभाको खाँदवारी नगरमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने गरि स्थान तोक्ने, चलचित्र बिकास बोर्डको रिक्त अध्यक्षमा दिनेश डिसिलाई नियुक्त गर्ने निर्णय गरिएको उनले जानकारी दिए । 

त्यस्तै बैठकले एनसेलको नवीकरण दस्तुर प्रत्येक बर्ष ५ अर्वका दरले चार किस्तामा विभाजन गरि भुक्तानी गर्ने सुविधा दिने निर्णय गर्दै एकै पटक नविकरण दस्तुर नबुझाइ किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ता वापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म बार्षिक १० प्रतिशतका दरले व्याज र किस्ता रकमसमेत लिने निर्णय गरेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका...
रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित...
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ । जुन २०८० सालको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी...
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।