नेभिगेशन
सबै कुरा

जामले अस्तव्यस्त काठमाडौँकाे सुन्धारा-रत्नपार्क-भद्रकाली क्षेत्र

काठमाडौँ । काठमाडौँको प्रमुख स्थान सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पीडितर निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समुहले मार्च पास र अन्य विविध कारणले जाम बढेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्मला कुर्मीका हत्याका अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको भन्दै विरोधमा माइतिघरदेखि बालुवाटारसम्म पैदल यात्रा गरिएको थियो । उक्त पैदल मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दवाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडबोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रुपमा गरेको हो । सो पैदल मार्चलाई बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै बिभिन्न सहकारी पीडितहरुले प्रदर्शन गरेका थिए । उनीहरु सिंहदरबार भित्र प्रवेश गर्ने भन्दै शान्तिबाटीका बाट अघि बढेका थिए । सो क्रममा प्रहरीले उनीहरुलाई भद्रकालीमै रोकेको हो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । राजधानीको अतिव्यस्त स्थानमा भएका प्रदर्शनका कारण सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक आसपासका सडकमा चर्को जाम भएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।