नेभिगेशन
सबै कुरा

जामले अस्तव्यस्त काठमाडौँकाे सुन्धारा-रत्नपार्क-भद्रकाली क्षेत्र

काठमाडौँ । काठमाडौँको प्रमुख स्थान सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पीडितर निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समुहले मार्च पास र अन्य विविध कारणले जाम बढेको हो ।

निर्मला कुर्मीका हत्याका अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको भन्दै विरोधमा माइतिघरदेखि बालुवाटारसम्म पैदल यात्रा गरिएको थियो । उक्त पैदल मार्चको आयोजना महिला अधिकार मञ्च, महिला सुरक्षा दवाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलीजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडबोकेसी नेपाल र एबीसी नेपालले संयुक्त रुपमा गरेको हो । सो पैदल मार्चलाई बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

Global Ime Bank

त्यस्तै सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै बिभिन्न सहकारी पीडितहरुले प्रदर्शन गरेका थिए । उनीहरु सिंहदरबार भित्र प्रवेश गर्ने भन्दै शान्तिबाटीका बाट अघि बढेका थिए । सो क्रममा प्रहरीले उनीहरुलाई भद्रकालीमै रोकेको हो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । राजधानीको अतिव्यस्त स्थानमा भएका प्रदर्शनका कारण सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतलीसडक आसपासका सडकमा चर्को जाम भएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका...
रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित...
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ । जुन २०८० सालको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी...
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।