नेभिगेशन
सबै कुरा

हमासले इजरेलबाट बन्धक बनाएका छजनाको शव सुरुङमा भेटियो

गाजाको रफाह सहरको एउटा सुरुङमा हमासले बन्धक बनाएका ६ जनाको शव भेटिएको छ। अक्टोबर ६ मा हमासले बन्दक बनाएकाहरुको शव भेटिएको भन्दै इजरेली सेनाले उनीहरुको विवरण सार्वजनिक गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शव भेटिएका मध्ये पाँच जना इजरेली नागरिक रहेका छन् भने एक जना अमेरिकी नागरिक रहेको बताइएको छ। 

Ncell
Extreme Energy

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि एक जना मृतक हेर्स गोल्डबर्ग पोलिन अमेरिकी नागरिक रहेको बताएका छन् । उनले भनेका छन् “म शोकाकुल र क्रुद्ध भएको छु,” । अमेरिकी नागरिक पोलिन हमासको एक भिडियोमा हात काटिएको अवस्थामा देखिएका थिए।

एक विज्ञप्तिमा जारी गर्दै बाइडनले उक्त मृत्युलाई दुखद र निन्दनीय भन्दै आफ्नो अपराधका लागि हमासका नेताहरूले मूल्य चुकाउनुपर्ने बताए।

बेपत्ता परिवारहरूको समूह द मिसिङ फ्यामिलिज फोरमले इजरेली प्रधानमन्त्री नेतन्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम सहमति जनाउन पुनः अनुरोध गरेको छ।

यता इजरेली डिफेन्स फोर्सेसले ती शवहरु इजरेली भूभागमा फिर्ता गरिएको जनाएको छ । 

“उनीहरू सबैलाई अक्टोबर ७ मा बन्धक बनाइएको थियो र हमास आतङ्कवादी सङ्गठनले गाजा स्ट्रीपमा हत्या गरिदिएको छ।”इजरेल डिफेन्स फोर्सेस (आइडिएफ)ले भनेको छ । 

इजरेल डिफेन्स फोर्सेजका एकजना प्रवक्ता ड्यान्यल हेगारीले आफ्ना फौजहरू पुग्नु केही समयअघि मात्रै हमासले तिनीहरूलाई मारिदिएको बताएका छन्।

बन्धकका परिवारहरूले इजरेली सरकारले युद्धविरामको लागि सहमति जनाएको भए यस्तो परिस्थिति नआउने धारणा राखेका छन्। स्रोतः बीबीसी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...