नेभिगेशन
सबै कुरा

हमासले इजरेलबाट बन्धक बनाएका छजनाको शव सुरुङमा भेटियो

गाजाको रफाह सहरको एउटा सुरुङमा हमासले बन्धक बनाएका ६ जनाको शव भेटिएको छ। अक्टोबर ६ मा हमासले बन्दक बनाएकाहरुको शव भेटिएको भन्दै इजरेली सेनाले उनीहरुको विवरण सार्वजनिक गरेको छ। 

शव भेटिएका मध्ये पाँच जना इजरेली नागरिक रहेका छन् भने एक जना अमेरिकी नागरिक रहेको बताइएको छ। 

City Express

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि एक जना मृतक हेर्स गोल्डबर्ग पोलिन अमेरिकी नागरिक रहेको बताएका छन् । उनले भनेका छन् “म शोकाकुल र क्रुद्ध भएको छु,” । अमेरिकी नागरिक पोलिन हमासको एक भिडियोमा हात काटिएको अवस्थामा देखिएका थिए।

एक विज्ञप्तिमा जारी गर्दै बाइडनले उक्त मृत्युलाई दुखद र निन्दनीय भन्दै आफ्नो अपराधका लागि हमासका नेताहरूले मूल्य चुकाउनुपर्ने बताए।

बेपत्ता परिवारहरूको समूह द मिसिङ फ्यामिलिज फोरमले इजरेली प्रधानमन्त्री नेतन्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम सहमति जनाउन पुनः अनुरोध गरेको छ।

यता इजरेली डिफेन्स फोर्सेसले ती शवहरु इजरेली भूभागमा फिर्ता गरिएको जनाएको छ । 

“उनीहरू सबैलाई अक्टोबर ७ मा बन्धक बनाइएको थियो र हमास आतङ्कवादी सङ्गठनले गाजा स्ट्रीपमा हत्या गरिदिएको छ।”इजरेल डिफेन्स फोर्सेस (आइडिएफ)ले भनेको छ । 

इजरेल डिफेन्स फोर्सेजका एकजना प्रवक्ता ड्यान्यल हेगारीले आफ्ना फौजहरू पुग्नु केही समयअघि मात्रै हमासले तिनीहरूलाई मारिदिएको बताएका छन्।

बन्धकका परिवारहरूले इजरेली सरकारले युद्धविरामको लागि सहमति जनाएको भए यस्तो परिस्थिति नआउने धारणा राखेका छन्। स्रोतः बीबीसी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै