नेभिगेशन
सबै कुरा

संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए शसक्त प्रतिकार गर्ने प्रचण्डकाे चेतावनी

काठमाडाैँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए शसक्त प्रतिकार गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिदै प्रचण्डले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको भन्दै संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए शसक्त प्रतिकार गर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएको थियो । सदनमा प्रतिपक्षीको भूमिकालाई बलियो बनाउनका लागि अन्य प्रतिपक्षी दलहरुलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

त्यस्तै जटिल परिस्थीतिको चुनौति सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरिएको सापकोटाले बताए । उनले प्रधानमन्त्री केपी ओलीले जनयुद्धको भावना विपरितको अभिव्यक्ति दिएकाले भन्दै यसले समग्र शान्तिप्रक्रियामा असर पार्न सक्ने धारणा राखे । 

अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा ४० जनाले धारणा राखेका थिए । आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्ने र सो बैठकमार्फत ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।