नेभिगेशन
सबै कुरा

‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’

काठमाडौँ । टिकटकमा एउटा सुगर ड्याडी नाम गरेको अकाउण्ट छ । ति अकाउण्ट चलाउने व्यक्ति सधैँ आफूलाई बुढो देखाउने एउटा नकाब लगाएर हिड्छन् । नाइट क्लवदेखि घरको बाथरुमसम्म पैसा उँडाएको भिडियो पोस्ट गर्छन् । युवतिहरुसँगको अर्धनग्न भिडियोहरु समेत पोस्ट गर्छन् । एक पीडितका अनुसार यी नकावधारी काठमाडौँको बुढानिलकण्ठका ३३ वर्षका आशिष देउला हुन् । यो नकावभित्र लुकेका देउला  यति क्रुर र निर्दयी छन् की जो कोहीलाई त्रसित बनाउँछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउलाले अरुलाई पाशविक पीडा दिएर त्यो मोमेन्टलाई इन्जोय गर्ने गरेको पीडित युवाहरुले बताएका छन् । उनले ढलानमा ड्रिल गर्ने मेसिन मान्छेको शरीरमा चलाउँथे, स्नुकर खेल्ने पाइप मलद्वारमा घुसाइदिन्थे, नाङ्गो शरीरमा रातो पारेर तताइएको आइरन डामीदिन्थे । उनले गरेको अपराधबारे सिधाकुराले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ ।

Ncell
Extreme Energy

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना



देउलाको पाशविक यातनाको शिकार बनेका पीडितहरुमध्येका एक कुलबहादुर (नाम परिवर्तन) ले देउला र उनको अपराधकर्मबारे विस्तृतमा कुरा गरेका छन् । उनले आशिष देउलासँगको आफ्नो भेट, देउलाले आफूमाथि गरेको अपराध, उनले अन्य व्यक्तिहरुमाथि गरेको शारीरिक अत्याचारबारे खुलाएका छ । यस्तो छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।


भदौ ७ गते मलाई मेरो साथीले मलाई पैसा लिन आइज भन्यो । म सानेपा पुगेँ । मलाई अली अगाडि जाम भनेको थियो साथीले, म जानै मानेको थिइनँ । उसले मेरो मामा उता हुनुहुन्छ, मामाले तलाई पैसा दिन्छ भन्यो । साथीलाई विश्वास गरेर हुन्छ नी त भनेर म गएँ । त्यो बेला एक÷दुई जना केटाहरु राखेको थियो । मलाई पहिल्यै शंका लागेको थियो । म उनीहरु भएको ठाउँका नगई बाटो क्रस गरेर जाँदा मलाई पछाडिबाट आएर सिभिलको प्रहरी भन्दै समातेर गाडीमा राख्यो । त्यसपछि मलाई उसको कोही आफन्तको घर लिएर गयो । रुममा लग्यो, झ्याल ढोका बन्द गरेर आइरन ततायो । मेरो लुगा च्यातचुत पारिदियो । 

म रुममा यताउता भागेँ, यताउता गरेँ । उसले मलाई समात्न नसकेर साथीहरु लगाएर समात्यो । मेरो हातखुट्टा समातेर भुईँमा लडायो । त्यो समयमा उसले मलाई विकल्प पनि दिएको थियो । उसले ड्रिल मेसिन निकाल्यो, मेसिन चलायो । उसले ड्रिल मेसिन हानम कि आइरनले पोलम् भनेर सोध्यो । मैले पोल्दा चाहीँ मरिन्न होला सोचर आइरन रोजेँ । मलाई उसले पटक पटक आइरनले नाङ्गो ढाडमा डाम्यो । 


उसले त्यो समयमा मलाई खानपर्ने औषधि दे, मैले औषधि खाएन भने यसलाई मार्दिन्छु भन्दै औषधि मागेको थियो । के औषधि हो चाहीँ मलाई थाहा छैन । त्यसको साथीहरुले औषधि ल्याएर दियो । धेरै थियो औषधि पनि । एकैचोटी ५/६ ओटै घ्पाप्प खायो । त्यसपछि मलाई आइरन डाम्न थाल्यो ।  

मैले उसलाई १/२ पटक क्लवमा भेटेको हो, ठमेलको सेटेन क्लवमा । त्यो भन्दा बाहेक बाहिर मैले एक पटक पनि भेटेको छैन । उ चाहीँ रेगुलर त्यो क्लवमा आउँदो रहेछ । हामी कहिलेकाहीँ जाँदा त्यहीँ भेटेको हो । त्यो बेला भाइ भन्ने, रक्सी खुवाउने, तलाई के खान मन छ भनेर सोध्ने, पैसाको धाक दिने, कति पेसा चाहियो भन्ने गर्थ्यो । अनी हामीभन्दा पहिले ने क्लवबाट निस्कन्थ्यो । अनी बाटोबाट समाएर अन्य साथीहरुलाई घरमा लैजाने गर्थ्यो । मलाई चाहीँ त्यसरी समाउन पाएको थिएन । 


मलाई खास अरुको कुरामा बिचमा तानिएको हो । मैले उसलाई नचिन्दा पनि चिनेकै जसरी बोल्न आउँथ्यो । साथीसँग पहिलेदेखि नै चिनजान रहेछ । मैले दाइ भनेर कुरा गर्थेँ । उसको नियत के हो मलाई थाहा थिएन । तर रुममा लिएर जाने, टर्चर दिने, आइरनले पोल्ने, ड्रिल मेसिन हान्दिने, सियो हातमा छिराईदिने । जे होस् धेरै जनालाई त्यस्तो गरेको रैछ मलाई मात्र होइन । के कारणले मलाई थाहा छैन । मलाई चाहीँ आइरनले पोल्ने, सियो औँलामा छेड्ने गर्यो । मलाई भाइहरुले भनेअनुसार उसले मलाई पहिल्यैदेखि खोजिरहेको थियो । तर मलाई समाउन चाहीँ सकेको थिएन । पछि मेरै साथीले पैसा लिन आइज भनेर समातेर लिएर गयो । 

मलाई यातना दिदा उ हाँसेर बस्थ्यो । यसलाई समा म यसलाई अझै पोल्छु भनेर साथीहरुलाई अराउँथ्यो । उसले रमाईलोको रुपमा लिएको थियो । अरु साथीहरु पनि हेरेर हाँसेर बसेका थिए । मेरो आफ्नै साथीले पनि मलाई हेरेर हाँस्यो । मैले त्यो समयमा केही गर्न पनि सकेको थिइन्, बोल्न नि सकेको थिइनँ । 

उसले मलाई त्यो समयमा प्रहरीमा गयो भने मेरो परिवारलाई मार्दिने धम्की पनि दिएको थियो । त्यही कराणले मैले केश हालेको थिइनँ । 

मलाई फसाउन चाहीँ साथीले नै फसाएको हो । तर पैसाकै लागि यस्तो गरेको जस्तो चाहीँ लाग्दैन । मलाई उसले रमाइलोको लागि पोलेको जस्तो लाग्छ । उ मलाई पोलेर मजा लिइरहेको थियो । हाँसिरहेको थियो । पैसाकै लागि हो जस्तो लाग्दैन । 

उसले मेरो एक जना चिनजानको भाइलाई लगेको रहेछ । उसलाई नी नाङ्गो पारेर पोल्ने, सियो गोप्ने गरेको रहेछ । त्यो भाइको खुट्टामा पोलेको छ । त्यो भाई १८/१९ वर्षको हो । उसले मलाई यसरी पोल्यो भनेर सुनाएको थियो । 

त्यो मान्छेले यस्तो गर्छ भन्ने पहिला केही थिएन । मलाई त्यसो गरेपछि साथीहरुसँग कुरा गर्दा भाइले मलाई सुनाएको हो । 

उ सधैँ बुढो मान्छेजस्तो देखिने मास्क लगाउँथ्यो । हामीलाई क्लवमा क्याप, मास्क लगाएर पस्न दिइदैन । तर उ सधैँ बुढो मान्छे देखिने मास्क लगाएर अनुहार छोपेर क्लवमा छिर्थ्यो । उसलाई कुनै रोकतोक हुन्नथ्यो । उ बाटोमा पनि मास्क लगाएरै हिँड्थ्यो । पालेर राखेको केटाहरु लिएर हिड्थ्यो । आफू बाहिर पनि कमै निस्कन्थ्यो । गाडीमै बस्थ्यो । निस्केको बेला मास्क लगाएरै निस्किन्थ्यो । 


परिवारमा उसको आमा छ, श्रीमती छ, भाई छ अनी दुई छोरा छन् । अहिलेको घरमा चाहीँ उ एक्लै बस्छ । पालेको केटाहरु राखेको छ । परिवार छुट्टै बस्छन् । घरचाहीँ बुढानिलकण्ठमा छ । उसको नाम चाहीँ आशिष देउला हो । बाँकी उसको बारेमा थाहा छैन । 

मैले ४/५ जनालाई त्यस्तो गरेको थाहा पाएको छु । मलाई भन्दा बेसी टर्चर देको भाईहरु पनि छ । ड्रिल मेसिन नै हान्देको छ । नछलेको भए त छिर्ने नै । उनीहरुले पनि भनेको थियो मलाई । स्नुकरको लौरो पछाडिबाट छिराईदिने अनी त्यसपछि सन्चो हाल्दिने । केटाहरुको संवेदनशिल भागमा पेन्चिसले च्याप्दिने । आँखामा सन्चो दल्दिने । त्यस्तो त्यस्तो गरेको छ ।

यो घटनाबारे मैले कसैलाई भन्न सकिन । मलाई धम्की दिएको थियो । तेरो परिवारलाई मारिदिन्छु भनेर धम्की दिएको थियो । त्यसैले कसैलाई भन्न सकिन । उसले मलाई पोलिदिएपछि करिब डेढ हप्ता घरमै बसिन । दिउँसो घर पुग्थेँ । अमालाई भेट्थे । खाना खान्थे अनि निस्कन्थेँ । ज्याकेट लगाएर घाउ छोपेर घर जान्थेँ । धेरै बेर नबसी काम छ भनेर निस्कन्थेँ । अहिले चाहीँ मैले सबैलाई भनेको छु । दाइहरुको साथ पाएपछि हिम्मत आएको छ । अनी प्रहरीको मा जाने हिम्मत आयो । 

उसले यस्तो गरेको हरेक मान्छेको भिडियो छ उ सँग । मलाई उसले एउटा भाइको आँखा निकालिदिएको भिडियो देखाएको थियो । पुरै आँखा नै बाहिर निकालिदिएको छ । त्यो भाइको आँखा नै छैन । उसले केस गरेको रहेछ । अनी तिनीहरुले उसलाई समातेर आँखा निकालेको रहेछ । मलाई उसैले भिडियो देखाएको भएर यति कुरा थाहा भएको हो । त्यो भिडियोमा देखेको भाइलाई चाहीँ मैले चिनेको छैन । 

उसले मलाई मसला, गोलभेडा पिस्ने ग्रयान्डर मेसिनमा एउटा केटीको हात घुसाईदिएको भिडियो पनि देखाएको थियो । त्यो भिडियोमा केटी मान्छेको अनुहार देखिएको थिएन । हात मेसिनमा छिराएको, घाउको, केटी मान्छे चिच्याएको देखिएको थियो । 

मलाई आइरनले पोल्दा धेरै चिच्याएको थिएँ । तर त्यो ठाउँमा तर कोही मान्छे आएनन् । त्यो घरमा डेरामा केही केटा मान्छेहरु बस्छन् । झ्याल, ढोका, पर्दा लगाएर मलाई त्यस्तो गरेको थियो । तर कोही आएनन् । 

मलाई उसले दिएको पीडा मैले मुखले भन्नै सक्दिन । मलाई जस्तो यातना दियो त्यसलाई पनि त्यस्तै सजाय हुनुपर्छ । उसलाई अहिले समाइसकेको छ । उसलाई उमेर कैदको सजाय होस् भन्ने चाहन्छु । त्यो कहिल्यै बाहिर आउन नपाओस् । मैले जस्तो अरुले भोग्न नपरोस् । 

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...