नेभिगेशन
सबै कुरा

‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’

काठमाडौँ। काठमाडौँका नाइट क्लबबाट साथी बनाएर युवक र युवतीहरूलाई यातना दिने आशिष देउलाबारे सिधाकुराले खोजपूर्ण समाचार सामाग्री प्रकाशन गरिरहेको छ । उद्देश्य नखुलेको तर नियोजित रुपमा युवा-युवतीहरूलाई चरम यातना दिइरहेका देउलाको समूहलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 


City Express

सिधाकुराको सम्पर्कमा आएका पीडितहरुका अनुसार क्लबमा आएका नयाँ युवा युवतीहरूलाई साथी बनाउने, पैसाको प्रलोभनमा पार्ने र मदिरामा लागू पदार्थ मिसाएर पिलाएर आफ्नो घरमा लगेर चरम यातना दिने गरेको पाइएको छ । यो घटना सार्वजनिक हुने बितिक्कै देउला समूहबाट पीडित बनेकाहरू एक पनि अर्को गर्दै सिधाकुराको सम्पर्कमा आइरहेका छन् । 

यो शृङ्खलामा हामी यस्तै एक पीडित युवकको कहानी प्रस्तुत गर्दैछौँ । जसलाई देउला समूहले ठमेलको नाइट क्लब धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको थियो । आँखामाथि गम्भिर चोट भएका यि युवकलाई निर्घात कुटपिट गरिनुका साथै रगत बगिरहेको घाउमा सन्चोको झोल हालिएको थियो । घटनाबारे उनै युवकको बयानको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।  

मेराे नाम सिमन थापा (नाम परिवर्तन) हाे । मेराे उमेर २० वर्ष भयाे ।  मैले आशिष देउलालाई ठमेलको सेनेट क्लबमै चिनेको हो । हामी क्लब जाँदा उनी पनि त्यहाँ आउन गर्थे । पहिले नै चिनेका साथीहरूले उ सबैको दाइ भनेको भन्दै परिचय गराएका हुन् । हाम्रो हाई(हेल्लो हुँदै परिचय भएपछि उ हामीसँग आफै बोल्न  आउँथ्यो । जो बोल्न आए पनि हामी राम्रोसँग बोल्थ्यौँ । हामीलाई खासै मतलब पनि हुँदैन थियो । तर, सधैँ उसले भाइ भाइ भन्थ्यो । एक दिन उसले आफ्नो घरमा पार्टी गर्न बोलाएको थियो । तर, म गईन । पछिपछि पनि बोलायो एक दिन त धेरै साथीहरूसँगै गएको थिएँ । 

एक दिन अर्को एक दाइलाई उसले खुट्टा पोलेर सञ्चो हालिदिएको थियो । एक दिन त्यो दाइलाई देउलाले लखेटिरहेको रहेछ । हामीलाई थाहा पनि उसले लखेट्न सघाउन भनेको थियो तर हामीले मानेनौँ । उसले टर्चर दिन खोजेको मान्छेलाई हामीले सहयोग नगरेको भन्दै उसले मलाई धारिलो हतियार सहितको उपकरण प्रयोग गरेर बेस्सरी कुट्यो । मेरो घाउबाट रगत बगिरहेको थियो । घोप्टो परेर बसेको मलाई उसका सबै केटाहरूले पिटीरहे र रगत  बगेको आँखामाथिको चोटमा सन्चोको झोल हालिदियो । म छटपटाएर लड्दै पड्दै त्यहाँबाट भागेर क्लबमाथीको होटलको कोठामा गएँर भित्रबाट चुक्कुल लगाए । उनीहरु पनि आए तर ढोका  खोल्न सकेनन् । होटल वालालले उनीहरुलाई त्यहाँबाट ओराले र मलाई अर्कै बाटोबाट भोलिपल्ट घर पठाई दिए । म बल्ल बल्ल बाँचे । उनीहरुले मलाई लगेको भए मेरो के हालत गर्थे म सोच्नै सक्दिन ।

उसले मलाई मात्रै होइन । धेरै मान्छेलाई यस्तै गरेको छ । क्लबमा आउने मानिसलाई साथी बनाउने, माया गरे जस्तो गर्ने र नजिक भएपछि आफ्नो नियन्त्रणमा लिएर यातना दिने गरेको रहेछ । 

हाम्रो टोलीका दाईहरुलाई पनि शरीर भरी भिस र सन्चो दलेर हिटरमा तताउने, आइरन तताएर शरिरमा डाम्ने गरेको थियो । उसले कोटाहरुलाई मात्रै होइन केटीहरुलाई पनि यस्तै गर्ने रहेछ । पहिले आफ्नो पञ्जामा पार्ने र त्यसपछि नियन्त्रणमा लिएर याताना दिने गरेकाहरु केही साथीहरु हाम्रो सम्पर्कमा छन् ।

क्लबामा पैसाको लोभ देखाउने, नयाँ नयाँ केटीहरुलाई जबरजस्ती मदिरा पिलाएर जबरजस्र्ती घोप्टो पारेर गाडीमा हालेको हामीले देखेका थियौँ । उनीहरुमाथि के के भयो भन्ने हामीलाई नै थाहा छैन् ।   

यो सबै कुरा हामीले प्रहरीमा भन्न पनि सकेनौँ । किन भने उसले आफू पैसा र पहुँचका भरमा छिट्टै छुट्ने र तिमीहरुलाई मारेर डाडाँमा लगेर मारेर पुर्ने धम्की दिन्थ्यो । 

हामीले आफुले केही सिनियर दाईहरुलाई एउटा मान्छेले यस्तो गर्छ भन्दा उनीहरुले त्यसले उहाँले डार्क वेभबारे बताउनु भयो । 

उसले यो सबै उसले पैसा कमाउनका लागि डार्क वेभमा बेच्नका लागि भिडियो बनाउने गरेको भन्ने दाइहरुको कुरा थियो । हामीलाई त यसबारेमा थाहा पनि छैन् । उसको कमजोरी थाहा पाएका कारण उसले हामीलाई खोजेरै यातना दिन पटक पटक प्रयास गरेको छ । हामीमाथि भएको यो ज्याददीको हामीले न्यया पाउनु पर्छ । 

सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना

‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छिन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी...
बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलण्ठक नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरुको समूहले मंगलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुश्किलले देउवा दम्पतीको घाइते...
बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट नेपाली सेनाको हेलिकप्टरमा केही भिआइपीहरु उडेका छन् । दिउँसो २ बजेर १८ मिनेटमा नेपाली सेनाको विमान बालुवाटारबाट उडेको छ ।