नेभिगेशन
सबै कुरा

‘पाइप काट्ने कैँचीले लिङ्ग काट्न खोजे, तीन तलाबाट म हामफाल्न खोजेपछि आइरन मात्रै लगाए’

काठमाडाैँ । आशिष देउलाबाट यातना भोगेका अर्का एक पीडित पनि सिधाकुराको सम्पर्कमा आएका छन् । उनले पनि देउलाले आफूलाई यसअघिका पीडितलाई जस्तै चरम यातना दिएको बताएका छन् । १९ वर्षिय लालबहादुर (नाम परिवर्तन) काठमाडौँमा बसेर अध्ययन गरिरहेका थिए । साथीहरुसँग उनी पनि नाइट क्लव जाने गर्थे । सोही क्रममा उनको र आशिष देउलाको भेट भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यही वर्ष जेठमा क्षेत्रपाटी चोकबाट उनलाई आशिष देउला सहित ५ जनाले अपहरण गरेका थिए । आशिष र उनका साथीहरुले कुटपिट गर्दै गाडीमा राखेका थिए । उनीहरुले गाडीमै आफ्नो आँखामा सन्चो हालिदिएको लालबहादुरले बताए । 

लालबहादुरका अनुसार उनलाई आशिषको टोलीले गाडीमै यतना दिन सुरु भएको थियो । ‘मलाई क्षेत्रपाटी चोकमा समातेर कुट्दै गाडीमा हाले । त्यसपछि उनीहरुले एउटा पसलमा पुगेर गाडी रोके र सियो किने, ’ लालबहादुरले भने, ‘उनीहरुले मलाई गाडीमै सियोले कोप्न थाले ।’ 

त्यसपछि उनलाई नारनथानको एउटा घरमा लिएर गए । त्यहाँ जानेवित्तिकै आफूमाथि यातना दिन सुरु भएको उनले बताएका छन् । ‘मलाई मेरो कपडा खोलेर नाङ्गै पारे । त्यसपछि मेरो आँखा, मलद्वार र लिङ्ग लगायत संवेदनशिल अङ्गमा सन्चो दलिदिए । उनीहरुले पाइप काट्ने कैँचीले मेरो लिङ्ग काट्न खोजे ।’ लालबहादुरले भने । 

लालबहादुरले आफूलाई छोडिदिन भन्दै धेरै अनुनय गरेपछि उनीहरुले अन्य यातना दिन थाले । 

त्यसपछि आशिषले अर्को एक जनालाई फोन गरे । उनले आइरन तताउन थाले । केही समयपछि आशिषले फोन गरेका व्यक्ति घरमा आइपुगे । उनीहरुले निवस्त्र बनाएर लालबहादुरलाई सो घरको ग्राउण्ड फ्लोरमा लिएर गए । अब सो घरमा आशिष सहित ६ जना भए । उनीहरुले सन्चो लगाएको शरीरमा आइरनले डाम्न थाले । बिहान ६ बजे अपरहणमा परेका लालबहादुरलाई उनीहरुले ११ बजेसम्म ५ घण्टा बढी यातना दिए । 

उनीहरुले लालबहादुरलाई हम्मरले खुट्टामा हाने, सियोले कोपे, र तातो आइरनले खुट्टामा डामे । करिब ५ घण्टाको यातनापछि आशिषले फोन गरेर बोलाएको व्यक्तिले लालबहादुर छोड्न आशिषलाई आग्रह गरे । 

‘आज दाइले भनेर तलाई छोड्दै छु, दाई तेरो लागि भगवान् हो’ आशिषले लालबहादुरलाई भने । छोड्दै गर्दा उनीहरले कतै उजुरी गरिस् भने निस्केर आएपछि फेरि उस्तै हाल गरिदिने भन्दै धम्की दिए । कसरी हुन्छ ज्यान जोगाउने ध्याउन्नमा रहेका लालबहदुर हतार हतार लुगा लगाएर त्यहाँबाट निस्के र घर गए । 

लालबहादुरका अनुसार यो सबै भईरहँदा आशिषले सबै भिडियो रेकर्ड गरेका छन् । 

घर पुगेर परिवारलाई सबै कुरा बताए । तर, उनीहरुले दिएको धम्कीका कारण उजुरी गर्न सकेनन् । ‘कसैले साथ दिए उजुरी गर्छु भन्ने लागेको थियो । अहिले सिधाकुराले सहयोग गरेको थाहा पाएपछि बोल्ने हिम्मत आयो’ लाल बहादुरले भने । 

देउलाकै डरका कारण उनी काठमाडौँबाट अहिले टाढा छन् । आफू पढाईका लागि समेत काठमाडौँ आउन नसकेकोे उनको भनाई छ । हामीले उनलाई काठमाडौँ बोलाउँदा आशिषकै डरका कारण परिवारले आफूलाई आउन नदिएको बताएका छन् । उनी काठमाडौँ आउन नसक्ने बताएपछि हामीले जुममार्फत उनको भिडियो कुराकानी गरेका छौँ । 

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

पूर्वप्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो ? र, किन छाडियो ? सर्वत्र यही प्रश्न उठेको छ । योसँगै मध्यरातमा घरबाटै उठाउनुपर्ने कारण के थियो ? बिहानसम्म पर्खेको...