नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरका प्रदीप परियारको ८ महिनामै सरुवा, ४० सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको  ८ महिनामै सरुवा गरेको छ । गत बिहीबारको मन्त्रीपरिषद्को बैठकले परियार सहित ४० जना सहसचिवको सरुवा गरेको हो  । परियारलाई  काठमाडौं महानगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । गत माघमा काठमाडौं महानगरपालिकामा गएका उनी ८ महिनामै फेरिएका हुन् । परियारको ठाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका सरोजप्रसाद गुरागाई पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा रहेका प्रकाश पौडेल गृह मन्त्रालयमा आएका छन् भने गोविन्दप्रसाद रिजाल पनि गृह मन्त्रालयमा सरुवा भएका छन् । यस अघि उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए ।

Ncell
Extreme Energy

यातायात व्यवस्था विभागको नेतृत्व पनि फेरिएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ । यस्तै सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका छन् । 

यस्तै उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट तोयानारायण सुवेदी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।