नेभिगेशन
सबै कुरा

‘मलाई औँला काट्ने कि आइरनले पोलुम भनेर सोध्यो, मरिन्छ भनेर म आइरनले नै पोलिन तयार भएँ’ - सम्झना

काठमाडौँ । आशिष देउला उर्फ सुगर ड्याडी र उनको समूहबाट क्रुर यातना भोगेको भन्दै थप एक किशोरी सिधाकुराको सम्पर्कमा आएकी छिन् । उपत्यका नजिकै घर बताउने उनको परिवर्तित नाम सम्झना हो । उमेरले २० वर्ष मात्रै टेकेकी उनी साथीहरुसँग ५ महिना अघि ठमेलको सेनेट क्लबमा पुगेकी थिइन् । सेनेट क्लबमा आएका देउलाको महिला साथी बताउने युवतिले फकाएर अञ्जना र उनको २ जना साथीलाई देउलाको सम्पर्कमा पुर्याएको पीडित युवतिले बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

क्लबमा एक रात आफू र आफ्नो साथीहरुसँग बोल्न र छुन देउला आएको र त्यसपछि जबरजस्ती उठाएर आफ्नो बुढानिलकण्ठस्थित घरमा लगेको पीडित युवती सम्झनाले सिधाकुरालाई बताइन् । क्लबमा आएका नयाँ र अपरिचित केटीहरुलाई देउला समूहले जबरजस्ती उठाएर गाडीमा हालेर लैजाने गरेको अफूहरुले प्रत्यक्ष देखेको यस अघिका पिडितहरुले सिधाकुरामार्फत खुलासा गरिसकेका छन् । 

सिधाकुराको सम्पर्कमा आएकी सम्झनाका अनुसार देउलाले जबरजस्ती घरमा पुर्याएपछि आफ्नो एक जना साथीलाई ब्याड टच गरेका थिए । ति साथीको संवेदनशील अंगमा जबरजस्ती छुने काम गरेको उनले सिधाकुरासँग भनिन् । घर पुर्याएका देउलाले त उनीहरुलाई पहिले आफूमाथि बलात्कार मुद्दा हाल्न लागेको आरोप लगाएको पीडित किशोरी बताउँछिन् । 

दाई हामीले होइनौँ अरु कसैले होला हाम्रो र तपाईंको चिनजानै छैन् भन्यौँ । तर, उसले म तिमीहरुलाई छोड्दिन भन्यो र हामीले केही नगरेको अवस्थामै चरम यातना दिन सुरु ग¥यो । ‘अर्को साथीलाई ब्याड टच गर्दै आफूसँग राख्यो र हामी २ जनालाई औँला काट्नेकी आइरनले डामुम् भन्यो’ सम्झना भन्छिन्, ‘हामीले केही नगर्नु भन्दै बिन्ति गर्यौ तर उ मानेन, हामीले औँला काट्दा मरिन्छ होला भनेर आइरन नै लगाउन भन्यौँ । उसले मेरो पिडुल्लामा आइरन लगायो । अरु २ जना साथीलाई पनि कम्मर तल आइरन लगायो ।’ तताएको आइरनले डामेपछि हामी चिच्यायौँ, करायौँ, छिमेकीले सुन्ला र सहयोग मिल्ला भनेर सोच्यौ तर त्यस्तो भएन ।  

उनले हामीसँगको कुराकानी क्रममा देउलाले एक युवतिलाई प्रेमिका बनाएर ति प्रेमिका र उनकी बहिनीलाई समेत नग्न पारेर यातना दिएकोबारे आफूले थाहा पाएको बताएकी छिन् । प्रहरीमा जाहेरीका तयारी गरिरहेकी पीडितको नाम, ठेगाना, उमेरलाई उनकै आग्रहमा गोप्य राखेर पिडित सम्झनाले सिधाकुरासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...