नेभिगेशन
सबै कुरा

‘मलाई औँला काट्ने कि आइरनले पोलुम भनेर सोध्यो, मरिन्छ भनेर म आइरनले नै पोलिन तयार भएँ’ - सम्झना

काठमाडौँ । आशिष देउला उर्फ सुगर ड्याडी र उनको समूहबाट क्रुर यातना भोगेको भन्दै थप एक किशोरी सिधाकुराको सम्पर्कमा आएकी छिन् । उपत्यका नजिकै घर बताउने उनको परिवर्तित नाम सम्झना हो । उमेरले २० वर्ष मात्रै टेकेकी उनी साथीहरुसँग ५ महिना अघि ठमेलको सेनेट क्लबमा पुगेकी थिइन् । सेनेट क्लबमा आएका देउलाको महिला साथी बताउने युवतिले फकाएर अञ्जना र उनको २ जना साथीलाई देउलाको सम्पर्कमा पुर्याएको पीडित युवतिले बताएकी छिन् ।


City Express

क्लबमा एक रात आफू र आफ्नो साथीहरुसँग बोल्न र छुन देउला आएको र त्यसपछि जबरजस्ती उठाएर आफ्नो बुढानिलकण्ठस्थित घरमा लगेको पीडित युवती सम्झनाले सिधाकुरालाई बताइन् । क्लबमा आएका नयाँ र अपरिचित केटीहरुलाई देउला समूहले जबरजस्ती उठाएर गाडीमा हालेर लैजाने गरेको अफूहरुले प्रत्यक्ष देखेको यस अघिका पिडितहरुले सिधाकुरामार्फत खुलासा गरिसकेका छन् । 

सिधाकुराको सम्पर्कमा आएकी सम्झनाका अनुसार देउलाले जबरजस्ती घरमा पुर्याएपछि आफ्नो एक जना साथीलाई ब्याड टच गरेका थिए । ति साथीको संवेदनशील अंगमा जबरजस्ती छुने काम गरेको उनले सिधाकुरासँग भनिन् । घर पुर्याएका देउलाले त उनीहरुलाई पहिले आफूमाथि बलात्कार मुद्दा हाल्न लागेको आरोप लगाएको पीडित किशोरी बताउँछिन् । 

दाई हामीले होइनौँ अरु कसैले होला हाम्रो र तपाईंको चिनजानै छैन् भन्यौँ । तर, उसले म तिमीहरुलाई छोड्दिन भन्यो र हामीले केही नगरेको अवस्थामै चरम यातना दिन सुरु ग¥यो । ‘अर्को साथीलाई ब्याड टच गर्दै आफूसँग राख्यो र हामी २ जनालाई औँला काट्नेकी आइरनले डामुम् भन्यो’ सम्झना भन्छिन्, ‘हामीले केही नगर्नु भन्दै बिन्ति गर्यौ तर उ मानेन, हामीले औँला काट्दा मरिन्छ होला भनेर आइरन नै लगाउन भन्यौँ । उसले मेरो पिडुल्लामा आइरन लगायो । अरु २ जना साथीलाई पनि कम्मर तल आइरन लगायो ।’ तताएको आइरनले डामेपछि हामी चिच्यायौँ, करायौँ, छिमेकीले सुन्ला र सहयोग मिल्ला भनेर सोच्यौ तर त्यस्तो भएन ।  

उनले हामीसँगको कुराकानी क्रममा देउलाले एक युवतिलाई प्रेमिका बनाएर ति प्रेमिका र उनकी बहिनीलाई समेत नग्न पारेर यातना दिएकोबारे आफूले थाहा पाएको बताएकी छिन् । प्रहरीमा जाहेरीका तयारी गरिरहेकी पीडितको नाम, ठेगाना, उमेरलाई उनकै आग्रहमा गोप्य राखेर पिडित सम्झनाले सिधाकुरासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छिन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी...
बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलण्ठक नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरुको समूहले मंगलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुश्किलले देउवा दम्पतीको घाइते...
बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट नेपाली सेनाको हेलिकप्टरमा केही भिआइपीहरु उडेका छन् । दिउँसो २ बजेर १८ मिनेटमा नेपाली सेनाको विमान बालुवाटारबाट उडेको छ ।