नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।  पक्राउ पूर्जी जारी भएको ४ दिनसम्म घरबाहिर ननिस्किएपछि आइतबार प्रहरीको टोली गेट नै नाघेर उनको घरमा प्रवेश गरेर उनलाई पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

प्रसाईंलाई भक्तपुरबाट पक्राउ आइतबार उनकै घरबाट पक्राउ गरिएको थियो ।

व्यक्तिको चरत्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौँ जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर पूर्जी जारी भएको ४ दिनसम्म उनीहरु घरबाट बाहिर ननिस्किएपछि प्रहरी गेट नाघेरै घरभित्र प्रवेश गरेर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गर्ने, अनेक आरोप लगाउने र सामाजिक संजालमा हाल्ने गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ । उनीहरुलाई साइबर ब्यूरो र भक्तपुर प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...