नेभिगेशन
सबै कुरा

'सरकारको ध्यान सहकारी पीडितहरुको बचत फिर्ता गर्न होइन, उनीहरु देखाएर मलाई जेल हाल्नमा छ' रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको ध्यान बचतकर्ताको रकम फिर्ता गराउने नभई आफुलाई जेल हाल्ने मात्रै भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको पार्टी कार्यालयमा उपस्थित समर्थक तथा संचारकर्मीहरु माझ लामिछानेले संसदिय समितिलेनै सहकारीमा ८७ अर्ब हिनामिना भएको उल्लेख गरेपनि सरकारले बचतकर्ताको रकम फिर्ता गराउनेतर्फ ध्यान नदिई आफूलाई जेल हाल्नेतर्फ केन्द्रित भएको  र याे षण्यन्त्र भएको उनले बताए ।  

Ncell
Extreme Energy

लामिछानेले भने 'संसदीय समितिले ८७ अर्ब सहकारीमा घोटाला भएको छ भनेको छ । आज सहकारी पीडित सडकमा छन्, तर यिनीहरुको ध्यान केवल रवि लामिछाने, रवि लामिछाने प्रति मात्रै केन्द्रित भएको छ, यो षणयन्त्र हो । म यसको विरुद्ध लड्नु पर्ने भएको छ।' 

लामिछानेले सहकारी पीडितलाई अपिल गर्दे भने 'म आज यहाँ उभिएर देशभरका सहकारी पीडितलाई अपिल गर्न चाहन्छु, प्रतिवेदनले सहकारी घोटालामा मेरो संलग्नता भनेकाे छैन भन्ने स्पष्ट पारीसकेको अवस्थामा तपाईहरु चाहनुहुन्छ भने, तपाईहरु निर्णय गर्न सक्नुहुुन्छ भने आउनुहोस्, संघर्ष समितिले निर्णय गर्न सक्छ भने संघर्ष समितिको नेतृत्व गर्न म तयार छु, रास्वपा तयार छ' । 

लामिछानेले थपे, 'यिनको ध्यान तपाईको बचत फिर्ता गर्नमा होइन, यिनको ध्यान रवि लामिछाने जेल हाल्न र रास्वपालाई सिध्याउन केन्द्रित छ। जुन हामी हुनै दिदैनौँ '।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।