नेभिगेशन
सबै कुरा

'सरकारको ध्यान सहकारी पीडितहरुको बचत फिर्ता गर्न होइन, उनीहरु देखाएर मलाई जेल हाल्नमा छ' रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको ध्यान बचतकर्ताको रकम फिर्ता गराउने नभई आफुलाई जेल हाल्ने मात्रै भएको बताएका छन् ।

रास्वपाको पार्टी कार्यालयमा उपस्थित समर्थक तथा संचारकर्मीहरु माझ लामिछानेले संसदिय समितिलेनै सहकारीमा ८७ अर्ब हिनामिना भएको उल्लेख गरेपनि सरकारले बचतकर्ताको रकम फिर्ता गराउनेतर्फ ध्यान नदिई आफूलाई जेल हाल्नेतर्फ केन्द्रित भएको  र याे षण्यन्त्र भएको उनले बताए ।  

लामिछानेले भने 'संसदीय समितिले ८७ अर्ब सहकारीमा घोटाला भएको छ भनेको छ । आज सहकारी पीडित सडकमा छन्, तर यिनीहरुको ध्यान केवल रवि लामिछाने, रवि लामिछाने प्रति मात्रै केन्द्रित भएको छ, यो षणयन्त्र हो । म यसको विरुद्ध लड्नु पर्ने भएको छ।' 

लामिछानेले सहकारी पीडितलाई अपिल गर्दे भने 'म आज यहाँ उभिएर देशभरका सहकारी पीडितलाई अपिल गर्न चाहन्छु, प्रतिवेदनले सहकारी घोटालामा मेरो संलग्नता भनेकाे छैन भन्ने स्पष्ट पारीसकेको अवस्थामा तपाईहरु चाहनुहुन्छ भने, तपाईहरु निर्णय गर्न सक्नुहुुन्छ भने आउनुहोस्, संघर्ष समितिले निर्णय गर्न सक्छ भने संघर्ष समितिको नेतृत्व गर्न म तयार छु, रास्वपा तयार छ' । 

लामिछानेले थपे, 'यिनको ध्यान तपाईको बचत फिर्ता गर्नमा होइन, यिनको ध्यान रवि लामिछाने जेल हाल्न र रास्वपालाई सिध्याउन केन्द्रित छ। जुन हामी हुनै दिदैनौँ '।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...