नेभिगेशन
सबै कुरा

७ करोड खर्चेर निर्माण गरिएको सुविधा सम्पन्न पार्क खण्डहर बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ करोड खर्चेर बनाएको गुह्येश्वरी क्षेत्रमा रहेको एक पार्क खण्डहरमा परिणत भएको छ । पछिल्लो दुई वर्षदेखि विशाल पार्क अलपत्र अवस्थामा छ । बागमती करिडोर हुँदै गुहेश्वरी तर्फ जाने क्रममा अरुणीमा कलेजबाट बागमती किनार नपुग्दै भेटिने पार्क फराकिलो र सुविधा सम्पन्न छ । पार्कको अवस्था खण्डहर बन्नुमा स्वामित्व निर्क्यौल नहुनु प्रमुख कारण रहेको सरोकारवालाहरू बताउँछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

महानगरपालिका वडा नं ६ को बागमती नगर सुविधा बस्तीमा पर्ने सो पार्क वि.सं २०७७ मा टेन्डर आह्वान गरेर निर्माण सुरु भएको थियो । तर, बनिसक्दा पार्कको डिपिआरमा प्रशस्तै मिचियो । निर्माण बनिसक्दा डिपिआरमा देखाइएका पार्कको अधिकांश संरचना गायब भएको देखिन्छ । वि.स. २०७९ मा निर्माण सम्पन्न भएको उक्त पार्क अहिले अलपत्र छ । पार्कका संरचना टुटफुट भएका छन् भने कतिपय संरचनाको नाम निशाना नै बदलिएको छ । 

मन्दिर, चौतारा, फुटबल मैदान, भलिबल र बास्केट बल कोर्ट समेत रहेको पार्कका अधिकांश संरचना बेवारिसे अवस्थामा छन् । पार्कको वाटर फाउन्टेन नाममा मात्र सीमित छ । त्यसका धाराका टुटीदेखि सबै संरचना गायब छन् । फाउन्टेन बनाउनका लागि बनाइएको पोखरीमा फोहोर पानी र फोहोर सामाग्री थुप्रिएका छन् । पार्कको व्यायाम ट्रेलमा कतै खाल्डो परेर पानी जमेको छ त कतै झाडी पलाएको छ । पार्क भित्र रहेको प्रदर्शनीस्थलका शौचालय छिर्नै नसक्ने अवस्थाको छ । 

निर्माण कम्पनीले औपचारिक रुपमा हस्तान्तरण नगर्दा र महानगरले संरक्षण गर्न स्रोत साधन उपलब्ध नगराउँदा पार्क अलपत्र भएको वडाका प्रतिनिधि र कर्मचारीहरू बताउँछन् । 

‘वडालाई पार्क औपचारिक रुपमा अझै पनि हस्तान्तरण भएको छैन,’ वडा नं ६ का वडा सचिव कमल गौतमले सिधाकुरासँग भने, ‘७९ मा उक्त पार्क लगभग निर्माण सम्पन्न भइसकेको थियो । नयाँ जनप्रतिनिधि आएपछि निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्नु, स्थानीय सरकारले संरक्षणमा पहल नगर्नुले सो पार्कको हविगत भयो ।’

पार्कको अवस्था दयनीय भएपछि वडाले पटक पटक महानगरमा सुरक्षाकर्मीको व्यवस्था गरिदिन माग गर्दै पत्राचार गरेपनि महानगरले बेवास्ता गरेको उनको भनाई छ । आन्तरिक खर्चमा सुरक्षाकर्मी राखेर २ महिनासम्म पार्क चलाएको तर आर्थिक समस्या देखिएपछि सो गर्न नसकेको उनले प्रष्ट्याए । सो पार्कबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई सम्पर्क गर्दा सो बारे आफूलाई केही जानकारी नभएको बताए । 

डिपिआरअनुसार पार्क किन बनेन र स्वामित्व किन हस्तान्तरण नगरेको भन्ने विषयमा सिधाकुराले पटक पटक निर्माण कम्पनीका प्रतिनिधिलाई सम्पर्क गर्ने प्रयास गर्यो तर उनीहरु सम्पर्कमा आउनै चाहेनन् । उता स्थानीय भने राज्यको करबाट बनेको संरचनामा स्थानीय सरकारको ध्यान नपुग्दा सो हविगत भएको बताउँछन् । आफूहरुले पटक पटक वडा र महानगरलाई यसबारे जानकारी गराउँदा बेवास्ता भएको  उनीहरुको गुनासो छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...
सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

हाम्रो देश सद्भाव र सहअस्तित्वको जीवन्त उदाहरण हो । हिमाल, पहाड र तराईलाई एउटै अँगालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान पनि हो। फरक–फरक धर्म,...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...