नेभिगेशन
सबै कुरा

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका कुमार श्रेष्ठ धरौटीमा रिहा

पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । उनलाई  ७५ हजार रूपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएकाे हाे ।  

उनलाई भदौ २७ गते पोखरास्थित उनकै क्लिनिकबाट  प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको थियो । लागू औषधसहित पक्राउ परेका ४२ वर्षका प्रकाश थापामगरले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट किनेको बयान दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको थियो । 

City Express

ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद हुन् । आर्थिक अनियमितता प्रकरणको अडियो टेप बाहिरिएपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...