नेभिगेशन
सबै कुरा

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका कुमार श्रेष्ठ धरौटीमा रिहा

पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । उनलाई  ७५ हजार रूपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएकाे हाे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई भदौ २७ गते पोखरास्थित उनकै क्लिनिकबाट  प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको थियो । लागू औषधसहित पक्राउ परेका ४२ वर्षका प्रकाश थापामगरले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट किनेको बयान दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको थियो । 

Ncell
Extreme Energy

ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद हुन् । आर्थिक अनियमितता प्रकरणको अडियो टेप बाहिरिएपछि उनलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...