नेभिगेशन
सबै कुरा
फलाेअप :

समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क (भिडियाे)

काठमाडाैँ । गुह्येश्वरी पार्कको दुरावस्थाबारे सिधाकुरामा समाचार प्रकाशन भएको केही घण्टामै काठमाडौँ महानगरले एक्सन लिएको छ । हामीले पार्कको दुरावस्थाबारे बुधबार समाचार प्रकाशन तथा प्रसारण गरेका थियौँ । त्यसको २४ घण्टा पनि नबित्दै पार्कमा उल्लेख्य परिवर्तन देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy

महानगरको ७ करोड बढी लगानीमा बनेको वडा नं ६ को बागमती नगर सुविधा बस्तीको सो सार्वजनिक पार्क स्थानीय सरकारको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण खण्डहर बनेको थियो । 

समचार प्रकासनपछि महानगरपालिका मातहतको वातावरण विभागको समन्वयमा उक्त पार्कको सरसफाइ भएको हो । फोहोर र झाडीले ढाकिएको सो पार्क निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा र स्थानीय सरकारले समेत चासो नदिँदा अलपत्र थियो । तर समाचारमार्फत हामीले सो विषय उठान गरेपछि महानगरपालिकाले सो पार्कको झाडी फाँडेको छ, फोहोर फालेको छ । 


महानगरले बनाएको सो नमुना पार्कमा रहेका शौचालयको निशाना थिएन । शौचालयमा राखिएका महँगा कमोट र बेसिन फुटाइएका थिए । दिशापिसाब यत्रतत्र बाहिरै गरिएको थियो । अरु त अरु शौचालयमा बनाइएका पाटेसन भत्केर मिटिङ हल जस्तो बनेको थियो । तर महानगरले त्यो सबै फोहोर सरसफाइ गरेको छ भने शौचालय पुरानै शैलीमा फर्काउने बताएको छ । त्यस्तै पार्कमा रहेको फाउन्टेन पुनः मर्मत गरिने भएको छ, पार्कमा फुल, बिरुवा रोपिने समेत भएको छ । 


यसअघि वडाका प्रतिनिधिले काठमाडौँ महानगरपालिकाले सुरक्षाकर्मी नदिँदा पार्कको सो हविगत भएको बताउँदै आएका थिए । सिधाकुराले सो विषय उठान गरेसँगै अब महानगरले सो पार्कको सुरक्षाका लागि ५ जना नगर प्रहरी परिचालन गर्ने भएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले सो पार्कको नियमित सरसफाइ र संरक्षण समेत गर्ने बताएको छ । 

आफूहरूको करले बनेको सो पार्क वर्षौँदेखि अलपत्र र फोहोर भएको भन्दै स्थानीयले सिधाकुरासँग गुनासो पोखेका थिए । समाचार प्रकाशन भएको भोलिपल्टै पार्कमा उल्लेख्य परिवर्तन देखेपछि स्थानीयहरू खुशी भएका छन् । साथै उनीहरूले स्थानीयको गुनासो सम्बोधनमा तदारुकता देखाएको भन्दै काठमाडौँ महानगरलाई धन्यवाद दिएका छन् । 




सम्बन्धित समाचार : 

७ करोड खर्चेर निर्माण गरिएको सुविधा सम्पन्न पार्क खण्डहर बन्दै




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
को हुन् इनम सापकोटा ?

को हुन् इनम सापकोटा ?

राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

व्यवसायी दीपक भट्टले छोटो समयमा गरेको प्रगति र तरक्की लोभलाग्दो थियो । पछि पत्ता लाग्यो– उनी त नामुद बिचौलिया पो रहेछन् ।
होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

कुनै व्यक्तिले आफू प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्छ भन्दैमा न्यायाधीशले उसलाई भेट्नुपर्ने बाध्यता रहन्छ? प्रधानमन्त्रीको प्रतिनिधि भएको दाबी गर्दैमा पत्याइहाल्नुपर्छ त? त्यसको विश्वसनीयता बुझ्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको प्रतिनिधि...
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !