नेभिगेशन
सबै कुरा

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित

महोत्तरी । बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकार चिन्तित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिजुलीको झिलीमिलीमा रमाउने आधुनिक समाजले माटोका दियो, पालालाई बेवास्ता गर्दा पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाका कुम्हाले चिन्तित भएका हुन् । 

Extreme Energy

दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका कुम्हालहरू समाजले झिलीमिली बत्ती, प्लाष्टिक र धातुका विभिन्न भाँडाकुँडाले गर्दा माटोको भाडावर्तन, पालालगायत सामग्रीको बिक्रीमा  कमी आएकोे जलेश्वर नगरपालिका–१ का कुम्हाल मङ्गल पण्डितले बताए।

दिपावली, छठपर्वलगायत अन्य पूजापाठमा अति आवश्यक दियो, ढकनी, घैँटो, मटिया, कुसिया, भन्दै सबैले प्रयोग गर्ने बेला आफूहरूलाई ती भाँडाकुँडा पूर्ति गर्न भ्याइनभ्याई हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडाकुँडा तथा बिजुलीबत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट भएको दुखेसो उनले गरे।

सदरमुकाम जलेश्वरलगायत जिल्लाको मटिहानी, धिरापुर, रामगोपालपुर, गौशाला, औरही, गौशाला, बर्दिबासलगायत गाउँपालिकाका कुम्हालले माटोको दियो, ढकनी, घैँटो, मटिया, कुसिया र कुरबारलगायत सामग्री बेच्ने गरेकामा अहिले नगण्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने गरेको महोत्तरी गाउँपालिका–४ कुम्हाल वीरेन्द्र पण्डितले बताए। 

पहिला महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराईमा मात्र नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुवनी, दरभङ्गा, सीतामढी र पटनासम्म निर्यात हुने गरेकामा अहिले स्थानीय बजारमा माग ह्वात्त घटेपछि आफूहरूको पेसा नै धरापमा परेको जलेश्वर नगरपालिका–११ का कुम्भकार सुरज पण्डितले बताए । 

अत्याधिक श्रम र  लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता लाग्न नचाहेको जलेश्वर नपा–६ का कुम्भकार नन्दु पण्डित बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, सहभागी हुनेको सूची सार्वजनिक

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, सहभागी हुनेको सूची सार्वजनिक

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
आज यी क्षेत्रमा हिमपात रवर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात रवर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।