नेभिगेशन
सबै कुरा

फुटबलको क्रेजः नेपाल–बंगलादेशबीचको फाइनलको टिकट लिन बिहानैदेखि भिड (तस्विरहरु)

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदै छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter



Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान्...
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।

भर्खरै