नेभिगेशन
सबै कुरा

फुटबलको क्रेजः नेपाल–बंगलादेशबीचको फाइनलको टिकट लिन बिहानैदेखि भिड (तस्विरहरु)

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदै छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।




Dish home
City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...