नेभिगेशन
सबै कुरा

एसियाली खेलकुदमा विश्व किर्तिमानको वर्षा गरेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

१८ असोज, काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा उतकृष्ठ प्रदर्शन गरेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई नेपाल प्रहरीले बाजा बजाएर स्वागत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले एसियाली खेलकुदमा बिभिन्न किर्तिमान राखेर विश्वको ध्यान खिच्न सफल भएको छ भने प्रशंसा समेत कमाएको छ । मंगोलियासँगको एउटै खेलमा नेपालले ७ ओटा विश्व किर्तिमान राख्न सफल भएको छ । त्यस्तै भारतीय टिमसँग क्वाटरफाइनलमा भिडेको नेपालको खेलको पनि उच्च प्रशंसा भईरहेको छ । भारतले उक्त प्रतियोगिताको लागि दोस्रो श्रेणीको टिम पठाएको थियो । तर दोश्रो श्रेणीको टिममा पनि आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु थिए । भारतसँग २३ रनले पराजित भएको नेपाली टिमले आइपिएलमा जमेका खेलाडीहरुलाई कडा चुनौति दिएको थियो । 

Ncell
Extreme Energy

एरपोर्टबाट निस्कने क्रममा सोचेजस्तो नतिजा ल्याउन नसकेपनि उच्च प्रदर्शन गर्न सकेकोप्रति खुशी व्यक्त गरेका छन् ।  


यस्ता छन् नेपालले बनाएका किर्तिमान

उक्त प्रतियोगितामा नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गरेको थियो । 

नेपालले बनाएको ३१४ रनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थयो । उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो । 

नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरे । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बल खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे । 

यसै खेलमा दीपेन्द्र सिंह ऐरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए । दीपेन्द्रले राखेको यो रेकर्ड तोड्न अन्य खेलाडीका लागि असंभवप्राय छ । 

कुशल टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । मल्ले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन् । सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ ।

साथै टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान नेपालले बनाएको छ । नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको छ । यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो । चेक रिपब्लिकले पानामालाई सन् २०२१ मा २०८ रनले पराजित गरेको थियो ।

उक्त खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी–२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए । 

नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि सन् २०१९मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध, यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...