नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले बुधबार साँझ हुने साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने भएको छ । महानगरले टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरनमा खेलको लाइभ स्क्रिनिङ गर्ने भएको हो । 

साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सो खेलमा नेपाली टिमलाई हौसल प्रदान गर्न खेल स्क्रिनिङ गर्ने तयारी गरेको महानगरले जनाएको छ । 

Dish home
City Express

‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ ।’, महानगरले जनाएको छ । 

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका लागि प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका गर्नका लागि फुटबल खेलप्रेमीलाई महानगरले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...