नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले बुधबार साँझ हुने साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने भएको छ । महानगरले टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरनमा खेलको लाइभ स्क्रिनिङ गर्ने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सो खेलमा नेपाली टिमलाई हौसल प्रदान गर्न खेल स्क्रिनिङ गर्ने तयारी गरेको महानगरले जनाएको छ । 

Ncell
Extreme Energy

‘यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ ।’, महानगरले जनाएको छ । 

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका लागि प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका गर्नका लागि फुटबल खेलप्रेमीलाई महानगरले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...