नेभिगेशन
सबै कुरा

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीबाट यौन दुर्व्यवहार भोगेको भन्दै थप ६ युवती सम्पर्कमा

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (आइक्यान) का पूर्व अध्यक्ष एवम् वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज ओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

ओलीबाट पीडित भएको भन्दै आधा दर्जन भन्दा धेरै युवतीले उनीमाथि कारबाहीको माग गरेका छन् । ओलीले आफ्नै फर्ममा काम गर्ने चार्टर्ड एकाउन्टेन्टको प्रशिक्षार्थी एक विद्यार्थी (पञ्जीकृत प्रशिक्षार्थी) माथि यौन दुर्व्यवहार गरेको घटना मङ्गलबार सिधाकुरामार्फत सार्वजनिक भएकाे थियो। 

सो घटना बाहिरिए पछि थप ६ जना युवतीले आफूहरू पनि ओलीबाट दुर्व्यवहारको शिकार भएको भन्दै खुलेका हुन् । ओलीको पुतलीसडकस्थित फर्ममा फरक फरक समयमा काम गर्दा उनीबाट पीडित भएको उनीहरूको आरोप छ । ओली काठमाडौँको पुतलिसडकमा रहेको इकोभिस पीवाईसी एण्ड एसोसिएट्स फर्मका प्रमुख हुन् । 

सीए अध्ययनका क्रममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्टको फर्ममा अनिवार्य प्रशिक्षार्थीहरूको रुपमा एक वर्ष काम गर्नु पर्ने व्यवस्था छ । सोही क्रममा आएका कलिला विद्यार्थीहरुमाथि बरिष्ठबाट यौन दुर्व्यवहार भएको घटना बाहिरिए पछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र चार्टर्ड एकाउन्टेन्ट पढ्ने विद्यार्थीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्गठन (एनकासा) ले थप कोही पीडितहरू भए सम्पर्कमा आउन आह्वान गरेको थियो । 

सोही क्रममा थप ६ जना युवतीहरू आफूहरू पनि यौन दुर्व्यवहारको शिकार भएको भन्दै एनकासाको सम्पर्कमा आएका थिए । एनकासालाई इमेल गर्दै उनीहरूले आफूहरूले यौन दुर्व्यवहार भोगेको खुलाएका थिए । एनकासाका अध्यक्ष महेन्द्र खड्काकाअनुसार आएका थप ६ जनाले आफूहरू ओलीबाटै पीडित भएको खुलाएका छन् । 

उनीहरूले आफूहरूले ‘त्यो बेला बोल्न नसकेको तर अहिले अर्को एक बहिनी पीडित भएको घटना बाहिर आएपछि अब नयाँ साथीको न्यायका लागि पनि बोल्न हिम्मत गरेको’ इमेलमा भनेका छन् । 

‘सो फर्ममा काम गर्दा भोगेको यौन दुर्व्यवहार भर्बल (शाब्दिक) देखि फिजिकल (शारिरिक) सम्मका छन्,’ पीडितहरूले इमेलमा भनेका घटनाहरूको विश्लेषण गर्दै एनकासाका अर्को एक पदाधिकारीले भने,‘हामीले सबै विवरणसहित आइक्यानमा निवेदन गरेका छौँ ।’ 

एनकासाकी उपाध्यक्ष शोफिया श्रेष्ठ पनि थप ६ जना युवतिहरुले ओलीको फर्ममा काम गर्दा पीडित भएको भन्दै जानकारी गराएको बताउँछिन् । ‘पीडितहरूले भोगेको घटना, समय र प्रकृति फरक फरक छन्,’ उनले सिधाकुरासँग भनिन् । कानुनी उपचारका लागि प्रक्रिया सुरु गरेका कारण पीडितहरूले भोगेको दुर्व्यवहार कस्तो हो भन्ने कुरा गोप्य राखिएको श्रेष्ठले बताइन् । 

सबै पीडितहरुको न्यायका लागि एनकासाले कानुनी उपचारको प्रक्रिया सुरु गरिसकेको भन्दै न्याय पाउने कुरामा ढुक्क हुन पीडितहरूलाई आग्रह गरेको छ । 

एनकासाले साउथ एसियन फेडेरेसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (साफा) र कन्फिडेरेसन अफ एसियन एण्ड पेसेफिक एकाउन्टेन्टस् (कापा) का अध्यक्ष र आइक्यानका पूर्व अध्यक्षहरुलाई घटनाबारे बिस्तृतमा जानकारी गराएको जनाएको छ । 

ति संस्था र व्यक्तिहरुबाट पनि गुनासो उपर गंभिर रुपमा अघि बढ्दै प्रतिबद्धता जाहेर भएको एनकासाले जनाएको छ। साथै, उक्त संस्थाले पीडितहरूलाई डर, धम्की र प्रभावमा पार्न सक्ने जोखिम बढेको भन्दै निडर हुन र न्यायका लागि उभिन आग्रह गरेको छ । 

गत असोज १५ गते एक फर्मको अडिटका क्रममा रहेकी युवतिलाई खोलीलले सेवाग्राहीको कार्यलयमै यौन दुर्व्यवहार गरेका थिए । सो घटना बाहिरिए पछि ओलीको पुतली सडकस्थित फर्मका कर्मचारीहरुले कात्तिक ११ गते पेन डाउन गरेर विरोध जनाएका थिए । यस पछि उक्त घटना सामाजिक सञ्जालमार्फत बाहिरीएको थियो । 

चार्टर्ड एकान्टेन्ट ओली भने आफुमाथि लागेको आरोपको बारेमा बोल्न चाहिरहेका छैनन् । हामीले पटक पटक उनीसँग सम्पर्क प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । उनले सिधाकुराको फोन उठाएका छैनन् तर पछि कल गर्छु भन्ने अटोमेटेड म्यासेज पठाएका छन् ।  उनले आफुमाथिको आरोपबारे जवाफ दिए भने त्यसलाई समाचारमा स्थान दिइनेछ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

“रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...