नेभिगेशन
सबै कुरा

साफ महिला च्याम्पियनसिपः नेपालको उपाधि जित्ने सपना भएन पुरा

काठमाडौँ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । 

साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६आँै मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् । 

खेलको ८१औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा श्रीलंका ८–० गोल अन्तरले पराजित

नेपालद्वारा श्रीलंका ८–० गोल अन्तरले पराजित

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भएको खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गोल गरिन् । त्यस्तै गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले...
नेपाल लाओससँग पराजित

नेपाल लाओससँग पराजित

लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे ।...
‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

“इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उनले भने  । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका...
थाइल्याण्ड जानुअघि प्रशिक्षणमा व्यस्त नेपाली महिला राष्ट्रिय फुटबल टोली (तस्विरहरु)

थाइल्याण्ड जानुअघि प्रशिक्षणमा व्यस्त नेपाली महिला राष्ट्रिय फुटबल टोली (तस्विरहरु)

एसियन छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा रहेको छ ।