नेभिगेशन
सबै कुरा

मितेरी सहकारीकाे रकम हिनामिना प्रकरण : ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

काठमाडाैँ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

प्रहरीको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । 

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको संलग्नता रहेको भन्दै सहकारी रजिष्टारको कार्यालय बागमतीमा उजुरी परेको थियो । सो उजुरीपश्चात रजिष्टारको कार्यालयले सो सहकारीको बचत अपचलनको अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएको थियो । अनुसन्धानका क्रममा बचत अपचलनमा गुरुङ र भण्डारीको संलग्नता देखिएको र उनीहरु सम्पर्कविहिन रहेपछि प्रहरीले इन्टरपोलमा पत्राचार गरेको थियो । 

सोही पत्रका आधारमा इन्टरपोलले रेड नोटिस जारी गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...