नेभिगेशन
सबै कुरा

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत १६५ रनले परािजत

काठमाडौँ । कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । उक्त खेलमा नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् ।  

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर दुई सय १३ रन बनायो । दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो । 

CG

कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । उनले ४२ बलमा सात चौका प्रहार गरिन् । जिफाबाहेक कुवेतका कुनै पनि खेलाडीले दोहोरो अङ्कले रन बटुल्न सकेनन् । नेपालले कुवेतलाई सात अतिरिक्त रन दिएको थियो ।

बलिङतर्फ नेपालका लागि कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई दुई विकेट लिइन् । 

यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।  

बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक एक विकेट लिए । नेपालले अब बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

भर्खरै