नेभिगेशन
सबै कुरा

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए । 

Extreme Energy

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् ।

पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट रु ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती र रु पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए । 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट रु १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र रु नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ ।

नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । 

हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।

भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् । प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनियर मेसिन जडान गरेका छन् ।

काँकडभिट्टा, विराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ । बिगतमा भारतबाट आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक बनेको उनको भनाइ छ । 

नेपाल भेनियर उत्पादक सङ्घका सचिव सञ्जीव बर्मा विदेशी मुद्रा भित्र्याउने र राजस्व अभिवृद्धिमा योगदान पु¥याउने भेनियर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनुपर्ने बताउँछन् । 

हाल भेनियर पत्ती भारत निकासी गर्दा प्रति केजी रु छका दरले भन्सार महसुल बुझाउनुपरेको उनले बताए । जबकि, सरकारले प्लाईबोर्डको भारत निकासीमा शून्य भन्सार महसुल कायम गरेको छ । नेपाल भेनियर उत्पादक सङ्घले भेनियर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पटकपटक माग गरिरहे पनि सुनुवाइ नभएको बर्माले गुनासो गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...