नेभिगेशन
सबै कुरा

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ । मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।

आज तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रु सात अर्ब नौ करोड २८ लाख ७९ हजार नौ सय ४६ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

City Express

सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । वित्त एक दशमलव ६६, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् एक दशमलव २८, लगानी शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फण्ड शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव २७ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु ३२ करोड ८१ लाख ९० हजार दुई सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार पाँच सय १९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

आइतबार ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको...
शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको...
पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न अर्थमन्त्रालय द्वारा कार्यदल गठन

पुँजीबजारमा देखिएका समस्या पहिचान गर्न अर्थमन्त्रालय द्वारा कार्यदल गठन

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन...
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो...