नेभिगेशन
सबै कुरा

मंसिर ९ गतेदेखि धरहरा चढ्न शुल्क लाग्ने

काठमाडौँ । सरकारले यही मंसिर ९ गतेदेखि सःशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति(गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । 

City Express

त्यस्तै बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्वर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ भने स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिव १ अर्व ७६ करोड ९७ लाख रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

मन्त्रीपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

त्यस्तै बैठकले कपिलवस्तु निवासी पूर्ण बहादुर नेपालीलाई श्रीलंकाको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार ५३३ अर्थात् ८।५, अमेरिकाबँट ६ हजार ६८ अर्थात् ६।८ प्रतिशत,...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

स्थानीयवासी वाङ्गे शेर्पा थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय...
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।