नेभिगेशन
सबै कुरा

१४ रनमै आउट भए शिखर धवन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो खेलमा कर्णाली याक्सबाट खेलेका भारतीय चर्चित खेलाडी शिखर धवन आउट भएका छन् । जनकपुरविरुद्धको खेलमा उनी जम्मा  १४ बलमा १४ रन जोड्दै आउट भएका हुन् । उनलाई हर्श थाकरले आउट गराएका हुन् । उनले १३ बल खेल्दै ३ चौका प्रहार गरेर खेलबाट बाहिरिएका हुन् ।

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा अहिले कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको छ । 

CG

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । जारी प्रतियोगितामा कर्णाली याक्सको यो पहिलो खेल हो भने जनकपुर वोल्ट्सको दोस्रो खेल हो । जनकपुर वोल्ट्सले शनिबार पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो ।  

कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी मार्की खेलाडी रहेका छन् । अन्य खेलाडीमा गुल्शनकुमार झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, दीपेन्द्र रावत र अर्जुन घर्ती छन् । विदेशी खेलाडीमा शिखर धवन, हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मक्सुद छन् । 

जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख, कप्तान अनिलकुमार साह तथा अन्य खेलाडीमा ललितनारायण राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । विदेशी खेलाडीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका बेन माइक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।