नेभिगेशन
सबै कुरा

१४ रनमै आउट भए शिखर धवन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो खेलमा कर्णाली याक्सबाट खेलेका भारतीय चर्चित खेलाडी शिखर धवन आउट भएका छन् । जनकपुरविरुद्धको खेलमा उनी जम्मा  १४ बलमा १४ रन जोड्दै आउट भएका हुन् । उनलाई हर्श थाकरले आउट गराएका हुन् । उनले १३ बल खेल्दै ३ चौका प्रहार गरेर खेलबाट बाहिरिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा अहिले कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको छ । 

Ncell
Extreme Energy

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । जारी प्रतियोगितामा कर्णाली याक्सको यो पहिलो खेल हो भने जनकपुर वोल्ट्सको दोस्रो खेल हो । जनकपुर वोल्ट्सले शनिबार पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो ।  

कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी मार्की खेलाडी रहेका छन् । अन्य खेलाडीमा गुल्शनकुमार झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, दीपेन्द्र रावत र अर्जुन घर्ती छन् । विदेशी खेलाडीमा शिखर धवन, हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मक्सुद छन् । 

जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख, कप्तान अनिलकुमार साह तथा अन्य खेलाडीमा ललितनारायण राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । विदेशी खेलाडीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका बेन माइक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।