नेभिगेशन
सबै कुरा
एनपीएल :

जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले दियो १४२ रनको टार्गेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको टार्गेट दिएको हो । नकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सलेले निर्धारित २० ओभरमा १४१ रन बनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । 

Ncell
Extreme Energy

त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए ।  

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए । अहिले जनकपुर वोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।