नेभिगेशन
सबै कुरा

सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्ग्सको लज्जास्पद हार, १८३ रनको टार्गेटमा १०० पनि कटाउन सकेन

काठमाडाैँ । नेपाल प्रिमियर लिग एनपीएलको मंगलबार भएको सुदूरपश्चिम रोयल्सविरुद्ध खेलमा विराटनगर किङ्ग्सले लज्जास्पद हार व्योहोरेको छ । सुदूरपश्चिम रोयल्सका क्याप्टेन दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा १८३ रनको लक्ष्य पाएको विराटनगर किङ्सले १६.१ ओभरमा ९२ रन मात्र बनाउन सफल भएको हो । 

कीर्तिपुरस्थित  टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका थिए।  ब्याटिङमा जबरजस्त प्रदर्शन गरेको सुदुरपश्चिमविरुद्ध मैदानमा उत्रिएको विराटनगर किङ्ग्सविरुद्ध बलिङमा पनि सुदुरपश्चिमले धमाकेदार प्रस्तुती देखाएको हो ।

CG

१८३ रनको टार्गेट पछ्याउन ओपनरका रुपमा मैदानमा उत्रिएका विराटनगरका मार्टिन गप्टिल १ रन पनि बनाउन नपाउँदै आउट भएका थिए । उनी खेलको तेस्रो बलमै बाहिरिएका थिए । त्यस्तै अर्का ओपनर लोकेश बम ३.४ ओभरमा खेलबाट बाहिरिएका थिए ।

सुदुरपश्चिम रोयल्सका लागि स्कट कुगेलेइन र अविनाश बोहोराले ३÷३ विकेट दिलाए भने ब्रान्डन म्याकमुलेनले १ विकेट, दीपेन्द्र सिंह ऐरीले १ विकेट, इशान पाण्डेले १ र सैफ अली जैबले पनि १ विकेट दिलाए । 

एनपीएलको पहिलो संस्करणमा विराटनगरले दोस्रो खेल खेलेको हो भने  सुदूरपश्चिम रोयल्सको यो पहिलो खेल हो । विराटनगरले यसअघि जनकपुर बोल्ट्ससँगको खेलमा आठ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।