नेभिगेशन
सबै कुरा

सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्ग्सको लज्जास्पद हार, १८३ रनको टार्गेटमा १०० पनि कटाउन सकेन

काठमाडाैँ । नेपाल प्रिमियर लिग एनपीएलको मंगलबार भएको सुदूरपश्चिम रोयल्सविरुद्ध खेलमा विराटनगर किङ्ग्सले लज्जास्पद हार व्योहोरेको छ । सुदूरपश्चिम रोयल्सका क्याप्टेन दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा १८३ रनको लक्ष्य पाएको विराटनगर किङ्सले १६.१ ओभरमा ९२ रन मात्र बनाउन सफल भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित  टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका थिए।  ब्याटिङमा जबरजस्त प्रदर्शन गरेको सुदुरपश्चिमविरुद्ध मैदानमा उत्रिएको विराटनगर किङ्ग्सविरुद्ध बलिङमा पनि सुदुरपश्चिमले धमाकेदार प्रस्तुती देखाएको हो ।

Ncell
Extreme Energy

१८३ रनको टार्गेट पछ्याउन ओपनरका रुपमा मैदानमा उत्रिएका विराटनगरका मार्टिन गप्टिल १ रन पनि बनाउन नपाउँदै आउट भएका थिए । उनी खेलको तेस्रो बलमै बाहिरिएका थिए । त्यस्तै अर्का ओपनर लोकेश बम ३.४ ओभरमा खेलबाट बाहिरिएका थिए ।

सुदुरपश्चिम रोयल्सका लागि स्कट कुगेलेइन र अविनाश बोहोराले ३÷३ विकेट दिलाए भने ब्रान्डन म्याकमुलेनले १ विकेट, दीपेन्द्र सिंह ऐरीले १ विकेट, इशान पाण्डेले १ र सैफ अली जैबले पनि १ विकेट दिलाए । 

एनपीएलको पहिलो संस्करणमा विराटनगरले दोस्रो खेल खेलेको हो भने  सुदूरपश्चिम रोयल्सको यो पहिलो खेल हो । विराटनगरले यसअघि जनकपुर बोल्ट्ससँगको खेलमा आठ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।