नेभिगेशन
सबै कुरा

हवाई सेवा प्रदायक र नियमनकारी निकायसम्बन्धी दुई विधेयक संसदमा पेश गर्ने मन्त्रीपरिषद्काे निर्णय

काठमाडाैँ । सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरि तयार गरिएका दुई विधेयकहरुलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा पुष ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल बिकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोवार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 

सो क्रममा प्रवक्ता गुरुङले मुलुकमा आर्थिक लगाएतका धेरै समस्या देखिएका कारण ठूला दल मिलेर स्थायीत्वका लागि सरकार बनाउनुपरेको बताए । 

राष्ट्रिय राजनीतिकको अस्थीरता अन्त्य गर्दैै मुलुकको समृद्धि र बिकासमा सरकारको ध्यान रहेको उनले बताए । गुरुङले वर्तमान सरकार बनेको प्रति केहिलाई चित्त नबुझेकाले बिभिन्न भ्रम छर्ने कोशीस भइरहेको जिकिर गरे । 

उनले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने बताए । गुरुङले ८४ सम्म दुई दल मिलेर सरकार बनाउने र त्यसपछि ठूला दलहरु नै प्रतिष्पर्धामा उत्रने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा । उनले भने– ‘अदालतको निर्णय हाम्रो...
कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको...