नेभिगेशन
सबै कुरा

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । 

Ncell
Extreme Energy

“नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उनले भने, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।”

मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए । 

उनले भने, “नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौँमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।” 

जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए । 

गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिए । उनले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिएका हुन्। 

उनले भने, “खानेपानीका चुहावट भएका पाइप मर्मत गरौँ, अत्यावश्यक रूपमा रहेको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याऔँ ।” मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गरे । उनले भने, “पानीको समस्याका विषयमा गुनासो आएका ठाउँमा तत्काल थप जनशक्ति परिचालन गरी समस्या समाधान गर्नु होला ।”

ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पु¥याएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिए।

उनले भने, “धोबीघाटमा निर्माणाधीन प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारीमा थियो । असोजमा आएको बाढीले संरचना र उपकरणका क्षति पु¥याउँदा अहिले समस्या भएको हो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा । उनले भने– ‘अदालतको निर्णय हाम्रो...
कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको...