नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् बैठक :

अनुमति नलिइ क्यासिनो सञ्चालनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय

काठमाडाैँ । सरकारले अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिइ क्यासिनो सञ्चालनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा पुस ९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिइ क्यासिनो सञ्चालनका साथै मानव तस्करी,हुण्डी र भर्चुअल मुद्रा प्रयोगलाई समेत शुद्धिकरण निवारण ऐन अनुसारको कसुर तोक्ने निर्णय भएको जानकारी दिए ।

Ncell
Extreme Energy

अब उक्त कसुरमा शुद्धीकरण निवारण ऐन आकर्षित हुने प्रवक्ता गुरुङले बताए । बैठकले सहकारीसम्बन्धी केहि नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ ।

बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न योजना आयोगका सम्बन्धीत क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 

प्रवक्ता गुरुङले लिपुलेकका सन्दर्भमा भारत र चीनबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको मन्त्रिपरिषद्ले निष्कर्ष निकालेको बताए । सो बिषय दुईदेशबीच पहिलेदेखिकै प्राविधिक कुरा भएको उनले बताए । प्रवक्ता गुरुङले उक्त सहमतिका कारण नेपालले कुनै चिन्ता लिनु नपर्ने उल्लेख गरे । 

यसअघि भारत र चीनले नेपालकोसमेत दाबी रहेको लिपुलेक क्षेत्रबाट मानसरोवर यात्रा खुलाउने सहमति गरेपछि बिभिन्न कोषबाट बहस हुँदै आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको...
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
एमाले महाराजगञ्ज भेलाको दुई निचोड

एमाले महाराजगञ्ज भेलाको दुई निचोड

उक्त भेलामा महासचिवका प्रत्यासी पाण्डे, पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष गोकर्ण विष्ट, कर्ण थापा, पुरूषोत्तम पौडेल, कृष्णप्रसाद दाहाल, नवराज सिलवाल, माधव अर्याल, अरबिन्द सिंह, गजेन्द्र थपलिया लगायत नेताहरू थिए...