नेभिगेशन
सबै कुरा

'अब पनि झोलामा खोला बोकेर नहिँडौँ'

काठमाडौँ । सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । आज सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरुले झोलाभित्र खोला ओटगेर राख्न नहुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संशोधनकर्ता सुमना श्रेष्ठले लाइसेन्स मात्रै ओगटेर काम नगर्ने परिपाटी रहेको भन्दै यसरी झोलोभित्र खोला ओगटेर हिँड्न नहुने बताएका छन् । “यहाँ लाइसेन्स लिने थुप्रैले विद्युत् उत्पादनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन्, लाइसेन्स भने ओगटेर काम नगर्ने परिपाटी बन्द गर्नुपर्छ”, प्रतिप्रश्न गर्दै श्रेष्ठले भने, “कहिले सम्म झोलामा खोला बोकेर हिँड्ने परिपाटी राख्ने त ?” नयाँ विधेयकमा लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्ससमेत जफत हुनुपर्नेगरी विधेयक संशोधन गर्नुपर्ने उनको सुझाव रहेको छ । 

Ncell
Extreme Energy

संशोधनकर्ता नगिना यादवले भारतले नेपाललाई विद्युत नदिएर लोडसेडिङ भएको भन्ने गलत भ्रम नछर्नसमेत आग्रह गरे । “यतिबेला भारतमा पनि विद्युत् उत्पादन नै कम छ, खपतको पनि पिकआवर छ । उतै विद्युत् पुगेको छैन”, उनले भनिन्, “अनि भारतले विद्युत् दिएन भनेर नकारात्मक भ्रम किन फैलाउने ?”

विधेयकको मस्यौदामा भएको कतिपय व्यवस्था हटाउनुपर्नेमा उनले जोड दिए । “विद्युत् उत्पादनको स्थानीय तहलाई पाँच र प्रदेश तहमा २५ मेगावाट दिनेगरी विधेयकको मस्यौदा तयार भएको छ, तर यो व्यावहारिक छैन हटाउनुपर्छ”, यादवले भने। 

संशोधनकर्ता रामप्रसाद चौधरीले विद्युत् उत्पादनका क्रममा माछापालनको व्यवसाय धरापमा पार्न नहुनेगरी विधेयक संशोधन गर्नुपर्ने सुझाव दिएका हुन् । संशोधनकर्ता प्रेम सुवालले समाजवादोउन्मुख विद्युत् उत्पादनमा जोड दिए । “अहिले ८० प्रतिशत विद्युत् उत्पादन निजी क्षेत्र र २० प्रतिशत सरकारी क्षेत्रबाट भएको छ । समाजवादमा ८० प्रतिशत सरकारी क्षेत्रबाट र बाँकी २० प्रतिशत निजी क्षेत्रबाट विद्युत् उत्पादन हुनुपर्छ”, उनले भने, “अनि विद्युत् स्वदेशमा नै खपत गर्ने गरी काम गर्नुपर्छ ।”

संशोधनकर्ता महेशकुमार बर्तौलाले निजी क्षेत्रको उपस्थितिलाई बलियो बनाउने गरी विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका छन् । संशोधनकर्ता सूर्यमान तामाङले ग्रामीण क्षेत्रमा उत्पादन भएका विद्युत् व्यवस्थापन हुन नसकेको भन्दै संशोधनमा विद्युत् उत्पादनपछि व्यवस्थापन गर्ने बुँदा थप गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

साथै संशोधनकर्ता मनबहादुर गुरुङले कार्बन उत्सर्जन कटौती गर्न विद्युत् प्रवद्र्धनमा जोड दिएका छन् । संशोधनकर्ता बिना जैसवालले विद्युत् व्यापार प्रवद्र्धन गर्नेगरी विधेयक संशोधन हुनपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको...
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
एमाले महाराजगञ्ज भेलाको दुई निचोड

एमाले महाराजगञ्ज भेलाको दुई निचोड

उक्त भेलामा महासचिवका प्रत्यासी पाण्डे, पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष गोकर्ण विष्ट, कर्ण थापा, पुरूषोत्तम पौडेल, कृष्णप्रसाद दाहाल, नवराज सिलवाल, माधव अर्याल, अरबिन्द सिंह, गजेन्द्र थपलिया लगायत नेताहरू थिए...