नेभिगेशन
सबै कुरा

श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको सुनुवाई गर्दै सर्वसम्मतले अनुमोदन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाई पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । 

Ncell
Extreme Energy

सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रुपमा लिएर त्यही अनुसारको सिफरिस गरेको भन्दै धन्यवाद दिए । आगामी दिनमा पनि संविधानको भावना अनुसार सभावेशीताका आधारमा सिफरिस हुने उनले विश्वास व्यक्त गरे । 

त्यसअघि संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलंकासंग आर्थिक कुटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक बिकासका लागि भूमिका खेल्ने बताए । त्यस्तै उनले धार्मिक पर्यटन बृद्धि गर्न पनि श्रीलंकामा आवश्यक काम गर्ने जिकिर गरे । 

संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसंगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
एमाले महाराजगञ्ज भेलाको दुई निचोड

एमाले महाराजगञ्ज भेलाको दुई निचोड

उक्त भेलामा महासचिवका प्रत्यासी पाण्डे, पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष गोकर्ण विष्ट, कर्ण थापा, पुरूषोत्तम पौडेल, कृष्णप्रसाद दाहाल, नवराज सिलवाल, माधव अर्याल, अरबिन्द सिंह, गजेन्द्र थपलिया लगायत नेताहरू थिए...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...