नेभिगेशन
सबै कुरा

उदयपुरको कटारीमा प्रतिबन्धित लागू औषधसहित पाँच जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकामा ठूलो मात्रामा प्रतिबन्धित लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीको टोलीले विशेष सूचनाको आधारमा पौष १६ गते छापा मारेर ६४७ ट्याबलेट लागू औषध, दुई थान मोटरसाइकल, छ थान मोबाइल, र नगद ८ हजार रुपैयाँ बरामद गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ४ निवासी ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय करण लिम्बू, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय बिकेश तामाङ छन्। उनीहरूको साथबाट TAPENTA ब्रान्डका २३४ ट्याबलेट र SPASPAIN ब्रान्डका ४१३ ट्याबलेट बरामद गरिएको डिएसपी कमल बजगाईंले जानकारी दिए।

Ncell
Extreme Energy

प्रहरीका अनुसार, लागू औषध विनय सुनुवारको घरमा लुकाइएको अवस्थामा फेला परेको हो । लागू औषध कारोबारीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ ।

यस घटनाले लागू औषधको अवैध कारोबारविरुद्ध प्रहरीको सक्रियता देखाएको छ । डिएसपी बजगाईंका अनुसार कटारी प्रहरीले यस किसिमका गैरकानुनी गतिविधिलाई रोक्न कडा निगरानी र कारबाहीलाई प्राथमिकतामा राखेको छ।

प्रहरीले अवैध लागू औषध कारोबारविरुद्धको अभियानलाई निरन्तरता दिने डिएसपी बजगाईंले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...