नेभिगेशन
सबै कुरा

उदयपुरको कटारीमा प्रतिबन्धित लागू औषधसहित पाँच जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकामा ठूलो मात्रामा प्रतिबन्धित लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीको टोलीले विशेष सूचनाको आधारमा पौष १६ गते छापा मारेर ६४७ ट्याबलेट लागू औषध, दुई थान मोटरसाइकल, छ थान मोबाइल, र नगद ८ हजार रुपैयाँ बरामद गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ४ निवासी ३१ वर्षीय विनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय करण लिम्बू, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय बिकेश तामाङ छन्। उनीहरूको साथबाट TAPENTA ब्रान्डका २३४ ट्याबलेट र SPASPAIN ब्रान्डका ४१३ ट्याबलेट बरामद गरिएको डिएसपी कमल बजगाईंले जानकारी दिए।

Extreme Energy
citizen life

प्रहरीका अनुसार, लागू औषध विनय सुनुवारको घरमा लुकाइएको अवस्थामा फेला परेको हो । लागू औषध कारोबारीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ ।

यस घटनाले लागू औषधको अवैध कारोबारविरुद्ध प्रहरीको सक्रियता देखाएको छ । डिएसपी बजगाईंका अनुसार कटारी प्रहरीले यस किसिमका गैरकानुनी गतिविधिलाई रोक्न कडा निगरानी र कारबाहीलाई प्राथमिकतामा राखेको छ।

प्रहरीले अवैध लागू औषध कारोबारविरुद्धको अभियानलाई निरन्तरता दिने डिएसपी बजगाईंले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।