नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई १ कराेड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ कराेड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश  प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फेरी असोज ५ गते रवि लामिछानेसहित १४ जनाविरुद्ध पूरक जाहेरी लिएर इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको हो । 

Ncell
Extreme Energy

लामिछाने कानुनी प्रक्रियामा सहभागी हुन माघ ९ गते बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सो दिन बयान सकिएपछि लामिछानेलाई परिवार तथा कानुन व्यवसायीको जिम्मा छाडिएको थियो । भोलिपल्ट अर्थात बिहिबारदेखि बहस सुरु भएको थियो । 

पहिलो दिन सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी सहित ४ जनाले बहस गरेका थिए ।

रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशिल पन्त, सुरेन्द्र थापा र सञ्जय  गोले, रमन श्रेष्ठ, अधिवक्ता डा. नारायण कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत लगायतले बहस गरेका थिए । 

यहि सहकारी प्रकरणमा सहकारीको रकम हिनामिनामा मुख्य निर्णयकर्ता समेत रहेका व्यक्तीहरु यसअघिनै धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले गत वैशाखमा जिबी गु्रुपका आइटीरसफ्टवेयर हेर्ने भविश्वर अर्याललाई १८ लाख ८० हजार, सहकारीको भैरहवा शाखाका व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, दीपक न्यौपानेलाई चार लाख ४५ हजार, नीता थापालाई दुई लाख र रोशनी गुरुङसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, आशिष रानाभाट ५० हजार र मनोहर मोहम्मद ३४ हजार धरौटीमा रिहा भएका थिए । सहकारीका सचिव रहेका दीपेश पुनलाई समेत ४ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । 

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।

रवि लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...