नेभिगेशन
सबै कुरा

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल चेम्बर अफ कमर्सले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिए । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताए । 

Marvel
Extreme Energy

उनले भने, “हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उनका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आइटी पार्कलगायतका आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ ।

सरकारले ल्याएको अध्ययादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिए । 

मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा पाँच प्रतिशत योगदान पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे । उनले नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...