नेभिगेशन
सबै कुरा

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरू विचल्लीमा परेका हुन् । 

Ncell
Extreme Energy

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् । अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए ।

त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहेकी सुकुमाया सिङतानको पीडा पनि कम छैन । भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेकी उनले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताइन् ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँका बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुल्ला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउँला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उनस्हरूले बताए । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए । 

“अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिएपछि उहाँहरूसँग एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन”, अध्यक्ष थिङले भने, “जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरूवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।”

अहिलेसम्म पनि सङ्घीय सरकारको अस्थायी घर निर्माण गर्न दिने भनेको रू ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए ।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ । जहाँ विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासी भोकै: मेस चलाउनेको सम्झौता सकियो, चिउरा र दालमोठको भर!

कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासी भोकै: मेस चलाउनेको सम्झौता सकियो, चिउरा र दालमोठको भर!

खाना खुवाउने टोली होल्डिङ सेन्टरबाट हिँडेको खबर सार्वजनिक भएपछि ‘शान्ति सेवा गृह’ नामक संस्थाका प्रतिनिधिहरू चिउरा र दही लिएर सहयोगका लागि पुगेका थिए। तर, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले...
कञ्चनपुरका आरक्ष पीडितको २५ वर्षदेखिको समस्या समाधान गर्न सभापति लामिछानेको पहलकदमी, भूमि र वनमन्त्रीलाई दिए निर्देशन

कञ्चनपुरका आरक्ष पीडितको २५ वर्षदेखिको समस्या समाधान गर्न सभापति लामिछानेको पहलकदमी, भूमि र वनमन्त्रीलाई दिए निर्देशन

पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले भने, ‘तपाइहरुको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं ।...
सुकुम्वासीसँग माफी माग्दै गृहमन्त्री सुधन गुरुङले भने ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्छ’

सुकुम्वासीसँग माफी माग्दै गृहमन्त्री सुधन गुरुङले भने ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्छ’

आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे । व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन...
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

प्रधानाध्यापक राम्जालीले बसाइँसराइ बढ्दै र जन्मदर घट्दै गएकाले त्यसको असर विद्यालयमा देखिएको बताए । “विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ”, उनले भने,...