नेभिगेशन
सबै कुरा

राजा माग्न नारायणहिटी नै पुगे राजावादी ! (भिडियाे)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बबरमहलबाट बाइक हाँक्न सुरु गरे । सयौँ मोटरसाइकलहरुसहित लिङ्देन लगायतको र्याली नारायणहिटी दरबार परिसर अगाडि आइपुग्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय झण्डा बोकेका उनीहरुले ‘राजा आउ देश बचाउ, एउटा राजा हटाए, सयौँ छोटे राजा आए, देशलाई कङ्गाल बनाए’ भन्दै नारा लगाए । दरबारमार्गको महेन्द्र शालिक अगाडि उभिएर राप्रपाका शिर्ष नेताहरुले राजतन्त्र पुर्नस्थापना गरेरै छाड्ने उद्घोष गरे । 

Ncell
Extreme Energy


दरबारमार्गमा राजावादीहरु जसरी राजा ल्याउने उत्सव मनाइरहेका थिए, सरकार भने बन्दुकको नालसहित नाराणहिटी घेरेर बसेको थियो । दरबारमार्ग परिसरमा राजा ल्याउने प्रदर्शनलाई लक्षित गर्दै ठूलो संख्यामा जनपथ र शसस्त्र प्रहरीहरु परिचालन गरिएको थियो । 

यसअघि पोखरा र बुटवलमा भव्य जनप्रदर्शन  गरेका राजावादीहरुले आज भने काठमाडौँ मुटुमै त्यो पनि राजाले छोडेको दरबारअघि नै आफ्नो शक्ति देखाए । राजाले प्रजातन्त्र दिवसका दिन आफू सक्रिय हुने सन्देश जारी गर्नु र राजावादीले नारायणहिटीमै विशाल प्रदर्शन गर्नुलाई राजनीतिक जानकारहरु सामान्य राजनीतिक घटनामात्रै मान्न तयार छैनन् । 

त्यस्तै राजावादीको प्रदर्शनमा उत्रिएका युवादेखि वृद्धासमेत आफूहरु राजा ल्याएरै छाड्ने बताउँछन् । उनीहरु देशमा राजा नहुँदा राजा हटाएर आएका छोटे राजाहरुले देशलाई बर्बाद बनाएको बताउँछन् ।

यस्तो छ बुधबार नारायणहिटी घेर्ने उद्देश्यका साथ दरबारमार्ग आइपुगेका राजावादीहरुसँग गरिएको कुराकानीः



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना र प्रभावितहरुको उचित व्यवस्थापनका विषयमा रास्वपा सभापति रवि लामिछानेले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसका सभापति रवि लामिछाने र नेकपा सहसंयोजक एवम्...
सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् ।
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।