नेभिगेशन
सबै कुरा

राजा माग्न नारायणहिटी नै पुगे राजावादी ! (भिडियाे)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बबरमहलबाट बाइक हाँक्न सुरु गरे । सयौँ मोटरसाइकलहरुसहित लिङ्देन लगायतको र्याली नारायणहिटी दरबार परिसर अगाडि आइपुग्यो । 

राष्ट्रिय झण्डा बोकेका उनीहरुले ‘राजा आउ देश बचाउ, एउटा राजा हटाए, सयौँ छोटे राजा आए, देशलाई कङ्गाल बनाए’ भन्दै नारा लगाए । दरबारमार्गको महेन्द्र शालिक अगाडि उभिएर राप्रपाका शिर्ष नेताहरुले राजतन्त्र पुर्नस्थापना गरेरै छाड्ने उद्घोष गरे । 

CG


दरबारमार्गमा राजावादीहरु जसरी राजा ल्याउने उत्सव मनाइरहेका थिए, सरकार भने बन्दुकको नालसहित नाराणहिटी घेरेर बसेको थियो । दरबारमार्ग परिसरमा राजा ल्याउने प्रदर्शनलाई लक्षित गर्दै ठूलो संख्यामा जनपथ र शसस्त्र प्रहरीहरु परिचालन गरिएको थियो । 

यसअघि पोखरा र बुटवलमा भव्य जनप्रदर्शन  गरेका राजावादीहरुले आज भने काठमाडौँ मुटुमै त्यो पनि राजाले छोडेको दरबारअघि नै आफ्नो शक्ति देखाए । राजाले प्रजातन्त्र दिवसका दिन आफू सक्रिय हुने सन्देश जारी गर्नु र राजावादीले नारायणहिटीमै विशाल प्रदर्शन गर्नुलाई राजनीतिक जानकारहरु सामान्य राजनीतिक घटनामात्रै मान्न तयार छैनन् । 

त्यस्तै राजावादीको प्रदर्शनमा उत्रिएका युवादेखि वृद्धासमेत आफूहरु राजा ल्याएरै छाड्ने बताउँछन् । उनीहरु देशमा राजा नहुँदा राजा हटाएर आएका छोटे राजाहरुले देशलाई बर्बाद बनाएको बताउँछन् ।

यस्तो छ बुधबार नारायणहिटी घेर्ने उद्देश्यका साथ दरबारमार्ग आइपुगेका राजावादीहरुसँग गरिएको कुराकानीः



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...